Dec 20, 2019
उवासंघ-चितवनद्वारा प्रमुख जिल्ला अधिकारीको स्वागत

४ पुष, भरतपुर ।

उद्योग वाणिज्य संघ - चितवनले आज एक कार्यक्रमको आयोजना गरी चितवन जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र भरतपुर महानगरपालिकामा सरुवा भइ आउनुभएका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीलाई स्वागत गरेको छ । संघको सभाहलमा आयोजित कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै अध्यक्ष सहनलाल प्रधानले जिल्लाको यथास्थिको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा अध्यक्ष प्रधानले व्यवसायीहरुलाई पूनः चन्दा माग्ने जस्ता समस्याहरु विगतमा जस्ते पुनराबृत्ती हुन लागेको महशुस भएको बताउंदै स्वच्छ र स्वतन्त्र रुपमा उद्योग व्यवसाय गर्ने वातावरण सिर्जना हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा उहांले  नारायणी नदी किनारको संरक्षण, फुटपाथ व्यवस्थापन, जिल्लाको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराउनु भएको थियो । 

स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जिल्लाका शान्ति ,सुरक्षा र अमन चयनमा कुनै पनि कसुर नराख्ने बताउनु भयो । सोहि कार्यक्रममा बोल्दै भरपतुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले सार्वजनि नीजि साझेदारी कार्यक्रम अन्तरगत उवासंघ - चितवन र भरतपुर महानगरपालिका बिच बिगत लामो समय देखी उदाहरणिय कार्यहरु भएको बताउंदै आगामी दिनमा पनि सहकार्य गर्ने बताउनु भयो । 

स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघ - चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले उद्योग वाणिज्य संघ - चितवनका गतिविधि लगायत जिल्लाको आर्थिक क्रियाकलापका वारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । स्वागत कार्यक्रममा संघका निबर्तमान अध्यक्ष एवं नेउवामहासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतम, नेउवामहासंघका केन्द्रिय सदस्य डा. तिलचन्द्र भट्टराई, संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ लगायतले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो । संघका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा भएको ऊक्त कार्यत्रम संघका कार्यकारी निर्देशक गौरव खतिवडाले गर्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by