Dec 01, 2019
लैंगिक हिंसा विरुद्ध उवासंघ-चितवनको अन्तरक्रिया

भरतपुर १५ मंसीर

उद्योग वाणिज्य संघ-चितवनले एक दिवसिय लैंगिक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ-चितवनको सभाहलमा उद्यमशिलता विकास र महिला सशक्तिकरण मार्फत महिला हिंसा न्यूनिकरण बिषयका अन्तरक्रिया कार्यत्रम आयोजना गरिएको हो । अन्तरक्रिया कार्यत्रममा उपस्थित अतिथि एवं सहभागिलाई स्वागत गर्दै संघका अध्यक्ष सहनलाल प्रधानले कतिपय अवस्थामा घर परिवारको महिलाको आर्थिक उपस्थित कम एवं हुंदै नहुनुका कारण घरेलु हिंसा पिडित हुनु परेको बताउंदै महिलाहरु उद्यमशिलता तर्फ उन्मुख भई आत्म निर्भर बन्नुपर्ने औंल्याउनुपर्ने बताउनु भयो । कार्यक्रममा उहांले महिला सशक्तिकरणका लागि आर्थिक हैसियतमा बृद्धीहुनु पर्ने र यसका लागि उद्यमशिलता निर्बिकल्प रहेको बताउनु भयो । उहांले महिला उद्यमशिलताका लागि संघले कुनै पनि किसिमको कार्यक्रम आयोजना गर्ने बताउनु झयो । 

कार्यक्रममा बोल्दै कार्यत्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका उप प्रमुख मुना कुमारी श्रेष्ठले लिंगका आधारमा हुने कुनै पनि किसिमको र्दुव्यवहार तथा हिंसा सह्य नहुने बताउंदै कतिपय अवस्थामा यि कुराहरु कानुनबाट बर्जित पनि गरेको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले महिला हिंसाका घटनाहरु महिला आत्मनिर्भर हुन नसकेका कारण रहेको बताउंदै महिलाहरु स्वाबलम्बन हुनुपर्नेमा जोड दिनु झयो । अन्तरक्रियका कार्यत्रममा नारी उत्थान केन्द्रका पुर्व अध्यक्ष दुर्गालक्ष्मी श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. २का वडाध्यक्ष पूर्ण बहादुर श्रेष्ठ, वडा नं. १ का वडा सदस्य राममायां पिया, वडा नं. २ का वडा सदस्य एवं कार्यपालिका सदस्य धनकुमारी वि.क., समाजसेवी एवं लैंगिक हिंसा विरुद्धको अभियानका चितवन संयोजक मिना खरेल, उवासंघ-चितवन महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्के लगायतले आ-आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा भएको अन्नरक्रियामा सहभागिका गुनासाहरुलाई सम्बन्धित ब्यक्तित्वबाट सम्बोधन गरिएको थियो । समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता भन्ने मूल नाराका साथ यहि नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म सञ्चालन गरिएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अर्न्तगत ऊक्त कार्यत्रमको आयोजना गरिएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो । करिव १ सय जना महिला उद्यमीहरुको सहभागिता रहेको ऊक्त कार्यत्रम संघका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षता, जिल्ला समन्वय समितिका उपप्रमुख मुना कुमारी श्रेष्ठको प्रमुख आतिथ्यता, महिला उद्यमी समिति संयोजक रजनी मास्केको धन्यवाद ज्ञापन एवं महिला उद्यमी दिपा शाहीको सञ्चालनमा सम्पन्न भएको हो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by