Nov 27, 2019

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि” भन्ने मुल नाराका साथ यहि २०७६ पौष ३ गते देखि १५ गते सम्म १६ औं लेखनाथ महोत्सव २०७६ पोखरा महानगरपालिका २७, तालचोक डाडाकोनाकमा आयोजना गर्न लागिएको व्यहोरा यस पत्रकार सम्मेलन मार्फत सहर्ष जानकारी गराउन चाहन्छौं ।

महोत्सवको मुख्य उद्देश्यः औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवर्द्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गर्दै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सहयोग पुर्याऊने ।

१६औं लेखनाथ महोत्सव २०७६ का विशेष कार्यक्रमहरु
 
विशेष कार्यत्रमहरु
२०७६ पौष १ गते 
लेखनाथ उद्योग बाणिज्य संघ, कविशिरोमणि जन्मस्थल बिकास समिति, लेखनाथ साहित्य प्रतिष्ठान र लेखनाथ लायन्सको संयुक्त आयोजनामा 
कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा जिल्ला व्यापि माध्यमिक बिद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता
२०७६ पौष २ गते 
लेखनाथ उद्योग बाणिज्य संघ, कविशिरोमणि जन्मस्थल बिकास समिति र लेखनाथ साहित्य प्रतिष्ठान संयुक्त आयोजनामा  
 कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा राष्ट्रिय स्तरको कविता प्रतियोगिता 
(यस प्रतियोगिताबाट छनौट भएका ७ जना स्रष्टाहरुको कविता महोत्सवको समयमा एक एक दिन बाचन गरि पुरस्कार बितरण गरिने)
विद्यालय स्तरिय  उत्कृष्ट नृत्य कार्यक्रम
लुकेको प्रतिभाको खोजी अभियान— गण्डकी तारा प्रतियोगिता अन्तर्गत हालसम्म पुरस्कृत बिजेता कलाकारहरुबाट विशेष प्रस्तुती
मातृशक्तिहरुको सम्मानमा आयोजना गरिदै आएको रत्यौली गित प्रतियोगिताबाट हाल सम्म पुरस्कृत समुहहरुबाट विशेष प्रस्तुती 
शैक्षिक प्रदर्शनी: पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकेल्टी, पश्चिमाञ्चल इ.कलेज तथा माध्यामिक विद्यालयहरुबाट  शैक्षिक प्रदर्शनीहरु प्रदर्शन गरिनेछ ।
सुचना प्रविधि प्रदर्शनी:  विभिन्न आधुनिक सुचना तथा प्रविधि सम्वन्धी गतिविधिो प्रदर्शनी हुनेछन् ।
जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी कार्यक्रम 
आदिबासी जनजाति तथा आमा /महिला समुहहरुको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी
युवाहरुको इच्छालाई लक्षित गर्दै  लाइभ म्युजिक कन्सर्ट लाई यस वर्ष पनि जोडिएको छ ।

>>   यस वर्ष स्टेज कार्यक्रमहरुलाई पांच खण्डमा तयार गरि समय तालिका अनुसार संचालन गरिने छ 
>>   महोत्सव प्रचार प्रसारका लागि मनोरन्जनात्मक कार्यक्रमहरु लिएर कलाकारहरु सहित विभिन्न स्थानहरुमा गईर्  निमन्त्रणा गरिने योजना रहेको छ ।

महोत्सवका अन्य आकर्षण तथा स्टल विवरणः राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको दैनिक प्रस्तुती, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, स्थानिय उत्पादन तथा कृषी प्रदर्शनी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, फुड फेस्टिवल आदी......
 
स्टल संख्याः करिब ३३६ स्टल जसमध्ये ६० प्रतिशत स्टल बुक भईसकेको छ ।
अनुमानित दर्शक संख्या ः २ लाख ५० हजार
अनुमानित आर्थिक कारोवारः १२ देखी १५ करोड 
अनुमानित आम्दानी :  १ करोड ३० लाख
अनुमानित खर्च: १ करोड १० लाख 
अनुमानित वचत: २० लाख हुने अनुमान गरिएको छ । (बचतवाट प्रदर्शनी स्थलको स्तर उन्नती, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने छ)

प्रवेश टिकटका प्रकृतिहरुः
 
साधारण टिकट  (दिनमा): रु  ६०।
विद्यार्थी टिकट (परिचयपत्रको आधारमा): रु ४० 
साझँ कन्सर्टको टिकट: रु १००। 
स्थायी प्रवेश पास शुल्क: रु २५०। (यसको सम्पुर्ण जिम्मेवारी लेखनाथ सामुदायिक सेवा केन्द्रलाई दिईएको छ ।)

निशुल्क प्रवेश:
    वृद्धा वुवा, आमा, अपाङ्ग र एकल महिलाहरु (सामाजिक सुरक्षा भत्ता वितरण कार्डका आधारमा) 
    लेखनाथ उद्योग वाणिज्य संघका सदस्यहरु (परिचय पत्रको आधारमा 
    पत्रकारहरु (प्रेसपास को आधारमा)

लेखनाथ महोत्सव २०७६ लाई व्यवस्थित रुपमा संचालन गर्नका लागि तपशिल बमोजिमका समिति गठन गरिएको छ ।
 
निर्देशक समिति ः ८ सदस्सीय
महोत्सव सल्लाहकार समिति ः २७ सदस्यीय 
उपसमिति सल्लाहकार :  १२ सदस्यीय
उपसमिति संयोजकहरु :  ३३ वटा निर्माण गरि जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यसम्पादन समिति : ८८ सदस्सीय
सहआयोजक : गण्डकी प्रदेश, पोखरा महानगरपालिका, ने. उ.वा. महासंघ गण्डकी प्रदेश 
प्रवर्द्धक : नेपाल पर्यटन वोर्ड
मुख्य प्रयोजक :  एडभान्स ग्रुपको एड्भान्स सिमेन्ट
सहप्रायोजक : राष्ट्रिय वाणिज्य बैंक
मिडिया पाट्नर :  सगरमाथा टेलिभिजन

अन्तमाः लेखनाथ महोत्सव सफल पार्न समस्त संचार माध्यम, पत्रकार मित्रहरु, नागरिक समाज, बुद्धिजिवी, उद्योगी व्यवसायी, राजनैतिक दलहरु, शैक्षिक संघसंस्था, राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैह्र सरकारी संघ, संस्थाहरु, महिला समुह, युवा क्लव एवं स्थानिय सामाजिक संघ संस्था, कलाकार तथा कला संस्कृतिसंग सम्वन्धित संघ संस्था लगायत सम्पुर्ण महानुभावहरु तथा शुभेच्छुकहरुलाई विगतका महोत्सवमा पुर्याउनुभएको सहयोगका लागि हार्दिक धन्यवाद प्रकट गर्दै यस १६ औं महोत्सवमा पनि विगतको भन्दा अझ वढि सहयोगको अपेक्षा गर्दछौं ।  धन्यवाद ।         
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by