Jan 22, 2018
डा. उपाध्यायको सम्मान संघमा

हेटौंडा, माघ ८ । मकवानपुर उद्योग वाणिज्य संघले आज हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद उपाध्यायको सम्मान गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो । भारतको मेवार विश्वविद्यालयबाट Improvement in the management of Municipal Finance in Nepal शीर्षकमा विद्यावारिधी (PhD)  उपाधि हासिल गर्नुभएकोमा वहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै डा. उपाध्यायले लगनशील भएमा सफलता हुने र मकवानपुरलाई शैक्षिक हब बनाउन सबैले चासो दिनुपर्ने बताएका छन् । कार्यक्रममा डा. उपाध्यायले संघ र उपमहानगरपालिका एकापसमा सहकार्य गरी अघि बढ्नुपर्ने धारणा राखेका छन्  ।

महासचिव प्रमोदसिंह रानाभाटले सञ्चालन गरेको सम्मान कार्यक्रममा संघका कोषाध्यक्ष अनिल अग्रवाल, पश्चिमी क्षेत्र सभापति गोविन्द रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका उपाध्यक्ष कृष्ण अग्रवाल, रामप्रसाद न्यौपानेलगायत संघका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । संघको सचिवालयमा भएको सो सम्मान कार्यक्रमलाई संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले समापन गरेका थिए ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by