Apr 10, 2025
महासंघको ५९औँ वार्षिक साधारण सभा: आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको धारणा (२०८१/१२/२८)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे बताउनु भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो धारणा राख्नु भएको हो । 

उहाँले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताउनु भयो ।  अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरुको साझा धारणा बनाउनु पर्नेमा अध्यक्ष ढकालको जोड थियो । 

उहाँले भन्नुभयो , “अर्थतन्त्रलाई कुनै पनि वादले विथोल्नु हँुदैन् । यसलाई  सबैभन्दा माथि राख्नु पर्छ  । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, वुद्धि, विवेक र सीपको लगानी गर्नुपर्छ । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ ।” 

विगतमा सरकारले चाहिने भन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उहाँले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा राख्नु भयो ।  

प्रतिकुलतामा अनुकुलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्ने तर्फ सरकार र निजी क्षेत्र लाग्नु पर्नेमा अध्यक्ष ढकालको जोड थियो । “म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरुको चाहना पुरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दैनाँै, निराशालाई आशामा बदल्न सकिदैंन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो ।” उहाँले भन्नु भयो । 

पछिल्लो दुई वर्षमा भारत, चीन र युएईमा सम्पन्न चारवटा सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै उहाँले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने बताउनु भयो । 

विश्वव्यापी रुपमा नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालका प्रतिष्पर्धी मुलुकहरुको तुलनामा अमेरिकाले नेपालका लागि निकै कम भन्सार दर तोकेकोले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन बलियो बनाएको र यसबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनु भयो ।

देशभित्र लगानीकर्ताको मनोबल बढाउन बहस पैरवीसँगै महासंघको पहलमा आन्तरिक पुँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिंदै अध्यक्ष ढकालले यसले मुलुकका ७७ वटै जिल्ला र मुलुक बाहिर छरिएर रहेको सानोसानो पूँजीलाई एकत्रित गर्दै ठूला आयोजनामा लगानी अवसर खोलिदिएको बताउनु भयो ।  

पछिल्लो पटक भएका नीतिगत सुधारले सकारात्मक संकेत गरेको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटलाई सुधारको प्रस्थान बिन्दुका रुपमा ल्याउनु पर्नेमा जोड दिनु भयो ।

सरकारले महासंघको आग्रहमा गरेको नयाँ चरणको आर्थिक सुधार र त्यसको आधार तयार पार्न उच्चस्तरिय आयोग गठन, करिब ३५ वटा कानुनमा सुधार, द्विपक्षीय लगानी सम्झौताको खाका तयार तथा उत्पत्तिको प्रमाण पत्रलाई पूर्ण अनलाइन बनाउने जस्ता कार्य सकारात्मक भएको बताउँदै सरकारको यो अग्रसरताले अर्थतन्त्रलाई चलायमान बनाउने बताउनु भयो ।  

यद्यपी देशमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको , ८० प्रतिशत भन्दा बढि प्रत्यक्ष र अप्रत्यक्ष राजश्वमा योगदान र ८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र अझै सम्मानित हुने अवस्था नरहेको बताउँदै, उहाँले निजी क्षेत्रको सुरक्षा, सम्मान र मर्यादाक्रमको बिषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।  

“हामीले सुरक्षाको विषय उठाएका हांै । सम्मानको बिषय उठाएका हौं । मर्यादाक्रमको बिषय उठाएका हौ । यसमा राज्यको कुनै लगानी हुँदैन । मात्र सदभाव चाहिएको हो । ”उहाँले भन्नु भयो ।

कार्यक्रम फोटोको लागि यहाँ क्लिक गर्नु होला । https://photos.app.goo.gl/LtbJNnjngvsuM2NJ6
फेसबूक लाइभ लागिः https://www.facebook.com/share/v/16HxjAWYuh/

 

59th Annual General Meeting of FNCCI: Private sector should lead economic prosperity and development: FNCCI President Dhakal

Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), has stated that the private sector should lead economic prosperity and development.

President Dhakal expressed this view while speaking at the inauguration of the FNCCI's 59th Annual General Meeting and Industry-Commerce Day 2081 held today.

Dhakal stated that the primary priority should be ensuring that the private sector can work freely to achieve the government's stated goal of prosperity. He emphasised the need for political parties to have a common understanding regarding the economy, development and prosperity.

He said, "The economy should not be disrupted by any ideology. It should be placed above everything else. Prosperity in the country means everyone getting opportunities. For that, investment in money, intellect, wisdom and skills is necessary. Even before that, financial investment is essential, which will later create demand for labour and skills when production starts."
Mentioning that the economy contracted in the past due to the government adopting more caution than necessary, he opined that the policy decisions made at that time to control market demand have still not allowed the market to become dynamic.

President Dhakal emphasised that the government and private sector should work towards creating an environment conducive to doing something in the country while seeking favourability in adversity. "I want to spread hope, not despair. The situation is improving. However, the current improvement is not enough to fulfil the aspirations of our youth. As long as we cannot create dignified and high-wage employment opportunities within the country, despair cannot be turned into hope. The widespread despair right now is a result of that," he stated.

Mentioning his experience from four conferences held in India, China and the UAE in the last two years, Dhakal stated that foreign investors are interested in coming to Nepal. He added that foreign investment can be increased if meaningful efforts are made.

Pointing out that the new global economic environment has also indicated potential benefits for Nepal, President Dhakal said that compared to Nepal's competitor countries, America has set a very low tariff rate for Nepal, which has further strengthened the possibility of increased investment in Nepal, and Nepal should take advantage of this.

Informing that the Nepal Development Company has been established under FNCCI's initiative for the mobilisation of domestic capital, along with advocacy to boost the morale of domestic investors, President Dhakal stated that this has opened investment opportunities in large projects by aggregating small capital scattered across all 77 districts of the country and abroad.

Mentioning that the recent policy reforms have shown positive signs, he emphasised the need to bring the policies and programmes and the budget of the current fiscal year as a starting point for further improvement.

Stating that the government's recent steps at FNCCI's request, such as the formation of a high-level commission to prepare the groundwork for a new phase of economic reform, amendments to around 35 laws, preparation of a draft for bilateral investment agreements, and fully online certification of origin, are positive, he said that this initiative by the government will revitalise the economy.

However, stating that the private sector, which has created 86% of the employment in the country, contributes to more than 80% of direct and indirect revenue, and accounts for 81% of the investment, is still not being given due respect, he drew the government's attention to the issues of security, respect and order of precedence for the private sector.

"We have raised the issue of security. We have raised the issue of respect. We have raised the issue of order of precedence. The state does not have any investment in this. Only goodwill is needed," he said.

Please click here for the program photographs:  https://photos.app.goo.gl/LtbJNnjngvsuM2NJ6
Facebook Live Video: https://www.facebook.com/share/v/16HxjAWYuh/

 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by