निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआई र नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल  बीच एक समारोहका बीच महासंघ सचिवालयमा सम्झौतापत्रमा हस्ताक्षर भयो । यो सम्झौतापत्रले महासंघसँग जोडिएका साना तथा मझौला ( SME )  उद्धमीहरुलाई एकीकृत गरि उनीहरुका उत्पादन्लाई दराज मार्फत बिक्रीबितरन कार्य गर्नेछ ।   
 
एफएनसीसीआई महासंघसँग  र दराज नेपाल बीच भएको सम्झैाता अन्तर्गत दराजमा  दर्ता हुनुभएका साना तथा मझौला ( SME )  उद्धमीहरुले  पुरा एक बर्ष (जनवरी २०२२ देखी दिसेमबर २०२२) सम्म  दराजमा 0% बजार शुल्कमा ब्यापार गर्न पाउनुको साथै अतिरिक्त सुबिधा हरु समेत पाउनुहुनेछ ।  
 
त्यसैगरी सम्झैाता अनुसार साना तथा मझौला ( SME )  उद्धमीहरुलाई आफ्नो व्यापार बृद्धी गर्नको लागी सही शिक्षा र सीपहरु पनि दराजले प्रदान गर्नेछ । एफएनसीसीआई र दराज बीचको यो सम्झैाताको मुख्य उद्देश्य नेपालका विभिन्न शहरहरूमा रहेका साना तथा मझौला उद्धमीहरुलाई आफ्नो व्यापार अनलाइन सुरु गर्न सहयोग गर्ने हो।यस सम्झौत बाट साना तथा मझौला ( SME )  उद्धमीहरुलाई  व्यवसयिक सफलता हासिल गर्न  खाँचो हुने सहयोग पुग्ने विश्वास गरिएको छ ।   
 
दर्ता कसरी गर्ने ? 
  • >> https://bit.ly/3qJDZcj मा click गर्नुहोस । 
  • >> “Local Seller” विकल्प छान्नुहोस् । 
  • >> आफ्नो मोबाइल नम्बर, इमेल र अन्य विवरणको साथ दर्ता पूरा गर्नुहोस्। 
  • >> Promocode "FNCCIO22" प्रयोग गर्न नबिर्सनुहोला् 
बिस्तृत जानकारीको लागी   Daraz प्रतिनिधिलाई 9801114108  मा सम्पर्क गर्न सक्नुहुनेछ ।धन्यवाद।  
 
दर्ता गर्न के-के चाहिन्छ

Daraz  मा व्यवसाय दर्ता गर्न तपाईको व्यवसायको PAN  वा  VAT  को प्रतिलिपि र  बैंक चेकको प्रतिलिपि मात्र भए पुग्दछ । https://bit.ly/3qJDZcj  यो लिङ्कमा क्लिक गरेर आफ्नो मोबाईल नम्बर र ईमेल सहितको जानकारी राखी  सजिलै दर्ता गर्न सकिन्छ । 
  
दर्ता पछिको प्रकृया के हुन्छ ?     

तपाईले दर्ता गर्नु भएपछी Daraz टीमले थप प्रकृयाको लागि तपाईहरुलाई सम्पर्क  गर्ने छ ।  

Daraz सम्बन्धि Online Training, पहिलो पल्टको Packaging material, सामानहरुको Photoshoot सबै Daraz को तर्फ बाट नि:शुल्क प्रदान गरिने छ । 

नोट : दर्ता गर्दा Promocode को ठाउँमा FNCCI022 प्रयोग गर्न नबिर्सनुहोला ।




 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by