Feb 25, 2019

नेपाल उद्योग वाणिज्य महासंघको मिति २०७५/११/१३ मा अध्यक्ष श्री भवानी राणाको अध्यक्षतामा वसेको १०औं कार्यकारिणी समितिको बैठकले विभिन्न जिल्ला उद्योग वाणिज्य संघहरुबाट उठाएका विषयमा उद्योग व्यवसाय एवं लगानी प्रवर्द्धनको लागि आवश्यक नितिगत एवं ऐन नियममा गर्नु पर्ने सुधार सम्वन्धमा विस्तृत छलफल गरि बैंकिङ/व्यवसाय तथा उद्योगको समग्र विकासको लागि सरकारसँग समन्वय गरी काम गर्नेका साथै बैंकद्वारा लिएको नदेखिने शुल्क बारे देशभरिका ६१ भन्दा बढी उद्योग वाणिज्य संघबाट गुनासो भई आएको सम्वन्धमा चाँडैनै यस विषयको निराकरण अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकसँग वसी निर्णयमा पुग्ने । साथै तरलताको समस्या र संस्थागत निक्षेपको वारेमा पनि सम्वन्धीत निकायसँग छलफल गर्ने । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग नेपाल उद्योग वाणिज्य महासंघले पटकपटक भेटी उद्योगको नविकरणको विषयमा कुरा उठाएको र मन्त्रीबाट पनि समाधान हुने आ˘वासन प्राप्त भएता पनि हालसम्म यो विषयको समाधान नभएकोले मन्त्रालयसँग पुन समन्वय गरी यथाशिघ्र समाधान गर्ने निर्णय भयो ।

साथै बैठकले आगामी चैत्र महिनामा हुने ५३औं वार्षिक साधारण सभाका कार्यक्रमहरू बारे पनि छलफल गरि साधारण सभा सफलता पूर्वक सम्पन्न गर्ने गरी निर्णय गरियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by