Jan 10, 2019
नेउवामहासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालबाट संखुवासभा उवासंघको १३ औं बार्षिक साधारण सभालाई संवोधन

नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले संखुवासभा उद्योग वाणिज्य संघको १३ औं बार्षिक साधारण सभाको हालै खाँदबारीमा उद्घाटन गर्दै स्थानीय क्षेत्रमा उद्योग व्यवसाय विकासका साथै आर्थिक विकासका कार्यक्रम लैजान महासंघले केन्द्रीय सरकारलाई बारम्बार आग्रह गर्दै आएको बताउनु भयो । महासंघको सदस्य संखुवासभा उद्योग वाणिज्य संघको १३ औं बार्षिक साधारण सभालाई हालै खादवारीमा संवोधन गर्नुहुंदै कार्यक्रमका प्रमुख अतिथि ढकालले सो कुरा बताउनु भएको हो ।

पूर्व अध्यक्ष ढकालले कर सम्वन्धी हाल उठेका विषयमा महासंघले मन्त्रालयसंग बसेर कार्यगरीरहेको बताउनु हुंदै कर लगायत स्थानीय तहमा उत्पन्न समस्याका विषयमा स्थानीय कर कार्यालय र उद्योग वाणिज्य संघको समन्वयमा रहेर कार्य गर्न उद्यमी व्यवसायीहरूलाई आग्रह समेत गर्नुभयो ।  

महासंघले सरकारको सहयोगमा कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरू ल्याउन लागेको पनि उहाँले जानकारी गराउनु भयो । पूर्व अध्यक्ष ढकालले मुलुकभित्र उद्योग व्यवसायको विकास गर्ने वातावरण हुनुपर्ने, लगानीको वातावरण बन्नुपर्ने, कर राजस्वका समस्या तत्काल संवोधन हुनुपर्ने विषयमा सरकारसंग पटकपटक भन्दै आएको पनि सो अवसरमा बताउनु भयो । उहा“ले स्थानीय सम्भाव्यताको अध्ययन गरी सोमा आधारित उद्योग व्यवसाय संचालनमा स्थानीय उद्योग वाणिज्य संघहरू क्रियाशिल हुनुपर्ने पनि बताउनु भयो ।

सो अवसरमा प्रमुख अतिथि ढकालले संघमा २० औं बर्षसम्म निरन्तर सेवा पुर्याउनु भएका कार्यकारी अधिकृत रमेश भट्टराईलाई दोसल्ला ओढाई सम्मानका साथै नगद समेत प्रदान गर्नुभयो ।

सो अवसरमा महासंघको कार्यकारिणी समितिका सदस्य दिल सन्दर श्रेष्ठले आफ्नो व्यक्तिगत तर्फबाट स्थानीय हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी छात्रा तथा छात्र १÷१ जनालाई निःशुल्क अध्ययन गराउन संघको संरक्षणमा रहने गरी रू.५ लाखको चेक संघका अध्यक्ष युवराज शाक्यलाई हस्तान्तरण गर्नु भयो ।

कार्यक्रमलाई संवोधन गर्नुहुंदै कार्यक्रमका विशेष अतिथि एवं महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले आर्थिक समृद्धिका कार्यक्रम ल्याउन महासंघले सरकारमा बारम्बार दवाव दिंदै आएको बताउनु भयो । स्थानीय उद्यमी व्यवसायीका कर लगायतका समस्या समाधान गरी उनीहरूलाई स्थानीय तहमा उद्यम व्यवसायमा लाग्ने वातावरण बनाउनु पर्नेमा महासंघ सधै दृढ रहेको र महासंघले सोही अनुसार सरकारमा पैरवी समेत गरिरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उमेश डालमिया, ताप्लेजुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष तारा घिमिरे, झापा उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग वाणिज्य संघका प्रतिनिधि राजेन्द्र अग्रवाल, संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ का कार्यसमिति सदस्य अनन्तकुमार गौली, अलैची व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष सुमन श्रेष्ठ, संघका पदाधिकारी प्रथम उपाध्यक्ष कृष्ण भगत प्रधान, द्धितिय उपाध्यक्ष डेगराज वस्नेत, कार्यसमिति सदस्यहरू, संघमा आवद्ध साधारण सदस्य, आजीवन सदस्य, जिल्लाका विशिष्ट व्यक्तित्वहरू, नगर उपप्रमुख डेगेश्वरी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी, प्र.ना.उ. श्याम सारू मगर लगायत बैकका प्रवन्धकहरूको वृहत भेलामा संघका निवर्तमान अध्यक्ष अनन्तकुमार गौलीले स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा संघका पदाधिकारीहरूले प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूलाई मायाँको चिनो जिल्लामा उत्पादित अल्लोको टोपी, रूद्राक्षका माला र खादाले सम्मान गर्नु भयो । कार्यक्रममा संघका अध्यक्ष युवराज शाक्यले संघले हालसम्म गरेका कार्यक्रमहरूको कार्य प्रगति प्रतिवेदन पेश गर्नु भयो । साधारणसभाका उद्घाटन समारोहमा विभिन्न उद्योग वाणिज्य संघहरूका तर्फबाट शुभकामना मन्तव्य दिइएको थियो ।

कार्यक्रममा यसवर्षदेखि जिल्लामा निरन्तर रूपमा व्यापार व्यवसाय गरेर बसेका सफल उद्योगी व्यवसायीहरूलाई पुरस्कार तथा सम्मानबाट सम्मानित गरिएको थियो ।

संघका प्रथम उपाध्यक्ष कृष्ण भगत प्रधानले धन्यवाद दिनु भएको थियो भने कार्यक्रम संचालन संघका महासचिव सरोज वज्राचार्यले गर्नु भएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by