Jul 17, 2024
निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छुः उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल - आर्थिक पुनरुत्थान निजी क्षेत्रको मनोबल बढाउनमा निर्भरः ढकाल (२०८१/४/२)

नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम जनताको मात्रै नभई निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने भए पनि सबैभन्दा महत्वपूर्ण भनेको निजी क्षेत्रको विश्वास निर्माण गर्नु पर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उत्पादन र निकासीसँगै बजारको माग घट्दै गएकोमा आफू सचेत रहेको बताउँदै उनले यस्ता समस्याको समाधान हुने बताए । मन्त्री पौडेलले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या होस् वा निर्माण व्यवसायीको भुक्तानीमा भएको ढिलाइ सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र अहिले समस्यामा रहेको र आर्थिक पुनरुत्थानको निमित्त निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए । उनले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई अहिले आर्थिक निकायबीच समन्वय नभएको र अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको सहभागितामा आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको बताए ।

ढकालले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या छिट्टै समाधान गर्न पनि मन्त्री पौडेललाई आग्रह गरे । उनले यो समस्याले उद्योगलाई ठूलो असर पारेको र उत्पादनमूलक गतिविधिहरु संकुचित भएको बताए । उद्योगले क्षमताअनुसार चल्न नसकेको उनले बताए ।



ढकालले अर्थतन्त्र संकुचित भएपछि मुलुकमा रोजगारी सिर्जनामा समेत असर परेको बताए । उनले नेपाल राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति ४.१७ प्रतिशतमा झरेको देखाएपनि वास्तविकतामा कोभिड यता ७ प्रतिशतको दरले बढ्दै गएको बताए । जसका कारण जनताको क्रयशक्तिमा ह्रास आएको बताउँदै उनले बजारको माग पनि घटेको बताए । ढकालले मन्त्री पौडेललाई आर्थिक गतिविधि पनि बढ्ने गरी बजारको माग बढाउन मद्दत गर्ने नीति ल्याउन आग्रह गरे ।

ढकालले मन्त्री पौडेललाई कर्जाको ब्याजदर घटे पनि उद्योगी र उद्यमीले लगानी गर्न नचाहेको बताए । त्यसैले रेमिट्यान्समार्फत देश भित्रिएको पैसा बैंक तथा वित्तीय संस्थामा थुप्रिएको छ । कम ब्याजदर मात्रै लगानीका लागि प्रोत्साहन होइन भन्ने देखाएको उनले बताए ।

ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई स्थापित व्यवसायीले मात्रै लगानी नगर्ने, नयाँ उद्यमी पनि लगानी गर्न डराइरहेको बताए । यो विगतमा हामीले अपनाएका गलत नीतिको परिणाम हो भनी जानकारी गराए । ढकालले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन मन्त्री पौडेललाई आग्रह गरे ।


Will take measures to boost private sector confidence: DPM and Finance Minister Paudel - Economic recovery hinges on boosting private sector morale: Dhakal

Newly appointed Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel has said that the government will focus on building the confidence of not only the general public but also the private sector. In a meeting with a delegation of the Federation of Nepalese Chambers of Commerce and Industry on Wednesday, Minister Paudel mentioned that there are many economic issues that need to be addressed but the most important is to build the confidence of the private sector. 

In the meeting with the office bearers of the Federation of Nepalese Chambers of Commerce and Industry, Deputy Prime Minister and Finance Minister Paudel urged the business people to carry on with their businesses without any apprehension. He said he is aware that market demand has gone down along with production and exports but there is a solution to these problems. Minister Paudel reiterated the government's commitment to address all the issues whether it bethe dedicated feeder and trunk line issue or the delay in the payment of the construction contractors. 

During the meeting, Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry, mentioned that the economy is facing a problem at present and economic recovery hinges on boosting the morale of the private sector. He added that there needs to be collaboration between the government and private sector to improve the economy. 

Dhakal apprised Deputy Prime Minister and Finance Minister Paudel about the lack of coordination among economic bodies at present and that an economic reform commission or any other such mechanism is needed with the participation of the private sector to improve the economy.

Dhakal also urged Minister Paudel to resolve the dedicated feeder and trunk line issue at the earliest. He said that this particular issue has been affecting industries in a major way and manufacturing activities have contracted. Industries have not been able to function according to their capacity, he said.  

Dhakal also mentioned that since the economy had contracted it had also hit employment generation in the country. He also stated that data from Nepal Rastra Bank shows that inflation has dropped to 4.17 percent but in reality it has been rising at a rate of 7 percent since the Covid pandemic. As a result, the purchasing power of the people has decreased, he said, adding that this has further resulted in market demand dropping. Dhakal urged Minister Paudel to introduce policies that will help increase market demand so that economic activities also rise. 

Dhakal also informed Minister Paudel that though the interest rate on loans has gone down industrialists and entrepreneurs are not willing to make more investments. Hence, the money that has come into the country through remittance has piled up in the banks and financial institutions. He added this shows that low interest rate is not the only incentive for making investments.

Dhakal informed Deputy Prime Minister and Finance Minister Paudel that not only are established businesses not making any investments but even new entrepreneurs are scared to make investments. This is a result of the wrong policies that we adopted in the past, he added, urging Minister Paudel to create an investment friendly environment through policy reforms.


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by