- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- महासंघको निर्यात प्रवर्द्धन समिति विस्तार (२०७७/१०/८) | January 21, 2021
- महासंघको स्टार्ट अप एण्ड इनोभेशन समिति विस्तार – यूवा जनशक्ति र दुई विशाल अर्थतन्त्र बीचको नेपालको अवस्थितिनै समृद्धिको आधार–अध्यक्ष गोल्छा (२०७७/१०/७) | January 20, 2021
- नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद गठन (मिति २०७७/१०/४) | January 18, 2021
- महासंघ प्रतिनिधिमण्डलद्वारा राष्ट्र बैंकका गभर्नर समक्ष भेटवार्ता (मिति २०७७/१०/५) | January 18, 2021
- महासंघका पदाधिकारी र आइएलओका देशिय निर्देशक बीच भेटवार्ता (२०७७/०९/२७) | January 11, 2021
सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महासंघका नवनिर्वाचित पदाधिकारीहरूद्वारा भेटवार्ता (२०७७/०९/१२)
December 27, 2020

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू समक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले आज राष्ट्रपति भवन शितलनिवासमा औपचारिक भेटवार्ता गर्नुभयो । सो अवसरमा राष्ट्रपतिले महासंघको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई सहित कार्यकालको सफलताको लागि शुभकामना दिनुभयो ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहितको पदाधिकारी प्रतिनिधिमण्डलले राष्ट्रपति समक्ष महासंघको नयां नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि महासंघ विशेष लक्ष्य सहितको भिजन पेपर तयारीमा लागेको जानकारी गरायो । सो अवसरमा अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यम (SMEs) लाई कोभिडको प्रभावबाट वाहिर ल्याउन सवैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान (Covid Recovery) विशेष कार्यक्रम आवश्यक भएकोमा पनि जोड दिनुभयो । साना मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वत चल्न सक्ने हुंदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको बताउनु भयो । साथै उहांले महासंघले ल्याउने भिजन पेपरमा एसएमइजको पुनरूत्थानका लागि विशेष सुझाव समेटिने जानकारी गराउनु भयो ।

लाखौ यूवाहरू वेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको सन्दर्भमा महासंघको भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सृजना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट पार्दै अध्यक्ष गोल्छाले महासंघले विज्ञहरू समेतको सहयोगमा आम सरोकारवाला पक्षहरूसंग छलफल गरी उक्त पेपर सार्वजनिक गरिने र सरकारबाट स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको राष्ट्रपति समक्ष जानकारी गराउनु भयो । अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम हुने प्रक्षेपण भैरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप विग्रन नदिन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
भेटवार्तामा महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, उर्जा लगायतका क्षेत्रसंग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोत साधनको समुचित विकास मार्फत आर्थिक विकास, रोजगारी सृजनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोच अनुरुप विकासका कार्यक्रम अगाडी बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्व लगायतका विषयमा जोड दिनु भयो ।
महासंघका पदाधिकारीहरूबाट व्यक्त धारणा पश्चात सम्माननीय राष्टपतिज्यूले महासंघको वर्तमान यूवा नेतृत्वलाई उद्योग व्यवसायको विकास मार्फत रोजगारी सृजना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिनुभयो । हामीसंग पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौं, प्राकृतिक स्रोत साधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरुकै भर पर्नुपर्ने परिस्थिति छ राष्ट्रपतिले भन्नुभयो–रोजगारीका लागि वाध्य भएर वाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ यसमा तपाईहरू गम्भीर भएर लाग्नुहोस ।
चुलिदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभयो । हर कुरामा हामी वाहय देशसंग निर्भर रहनु पर्ने अवस्था छ र यो अवस्थालाई कसरी ब्रेक गरी आफना लागि आवश्यक वस्तु आफै उत्पादन गर्न सक्छौं त्यसमा सिंगो मुलुकनै गम्भीर हुन जरूरी छ । स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमामात्र वाह्य लगानी समेत आकर्षित हुने हुंदा कृषि, उर्जा, पर्यटन क्षेत्रको विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्यमा राष्ट्रपतिले जोड दिनु भयो ।