Jul 04, 2016

 

नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्रद्वारा नेपाल सरकार कृषि मन्त्रालयको सहयोगमा विभिन्न जिल्लामा संचालित एक गाउं एक उत्पादन कार्यक्रम/एक जिल्ला एक उत्पादन कार्यक्रम बारे मुुलुकका राष्ट्रिय संचार माध्यमहरुलाई सम्बन्धित जिल्लाहरुमै लगेर स्थलगत अवलोकन गराउने उद्देश्यले आयोजना गरिएको एक हप्ते अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्रको अगुवाईमा कृषि मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय दैनिकका संचार कर्मीहरु सम्मिलित प्रतिनिधिमण्डलले उक्त कार्यक्रम लागू भएका जिल्लाहरु काभ्रे, सिन्धुली, धनुषा, मकवानपुर, चितवन, लम्जुङ्ग, कांश्की, तनहुं र धादिङ जिल्लाको अवलोकन गर्‍यो ।

प्रतिनिधिमण्डलले स्थलगत अध्ययनका क्रममा कार्यक्रम लागू भएका जिल्लाका किसानहरु, उद्यमी व्यवसायीहरु र उद्योग वाणिज्य संघका पदाधिकारीहरुसंग छलफल, अन्तक्रिया गरि कार्यक्रम लागू भएका जिल्लाहरुमा अहिलेसम्मका भएका उपलव्धी, चुनौती तथा अपेक्षाका विषयमा जानकारी लिएको छ ।

अध्ययन अवलोकनका क्रममा:

काभ्रे जिल्ला:

प्रतिनिधिमण्डलले पनौतीमा घरबांस, कुशादेवीमा डेरी तथा पात्लेखेतमा अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गर्‍यो ।
सरोकारवालाहरुसंगको छलफलबाट

आर्थिक उपार्जनमा बढोत्तरी भएकाले जीवनमा सहजता महशुस भएको,
घर व्यवहार चलाउन, वाल वच्चाका पठन पाठनमा सहयोग पुगेको,
घर व्यवहारका साथै आयआर्जनमा समेत महिलाहरुको सहभागिता बढ्न थालेको,

होम स्टे संचालनबाट आयस्रोत बढ्नुको साथै उनीहरुमा उत्साह जागरण पैदा भएको,्

आर्थिक उपार्जनका लागि गाउंघरमै केही गर्नुपर्नेमा जागरण आएको,

सिन्धुली जिल्ला:

प्रतिनिधिमण्डलले सिन्धुलीमा जुस उद्योग भवनको अनुगमन तथा निरिक्षण एवं सरोकारवालाहरुसंग अन्तरक्रिया गर्‍यो ।

सरोकारवालाहरुसंगको छलफलबाट

जुनारखेतीबाट स्थानीय जनताको आय आर्जन बढेको,
जिल्लामै ठूलो लगानीमा जुनार प्रशोधन तथा जुस उद्योगको स्थापना भएको,
आगामी एक दशकमा आन्तरिक मागलाई पुरा गर्दै छिमेकी देश तर्फपनि निर्यात गर्ने योजना रहेको,

रोजगारी उपलव्ध भएको, किसानले आफ्नो लगानीको प्रतिफल पाउन थालेको
स्थानीय तहमै जुनार उद्योग संचालन भएकाले बजारको समस्या नभएको तथा कृषकहरुले उचित मुल्य पाउन थालेको,

विशेष गरि महिलाहरुले स्थानीय तहमा रोजगारी पाउन थालेको,

गुनासो

स्थानीय उद्योग वाणिज्य संघ र जुनार उद्योग बीच समन्वयमा कमी रहेको,
एक आपसमा सूचना जानकारी अध्यावधिक नभएको

धनुषा जिल्ला(जनकपुर):

प्रतिनिधिमण्डलले धनुषाको जनकपुरमा माछा कार्यक्रमको फिल्ड अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गर्‍यो ।

सरोकारवालाहरुसंगको छलफलबाट

स्थानीय कृषकहरुको आय आर्जन बढेको, परिवारको पालन पोषणमा सघाउ पुगेको,
कामका लागि विदेशीन चाहनेहरु पनि विदेश नगई आफ्नै घरआगंनमै काम गर्न थालेको,
आफ्नै जन्मभूमीमा केही गर्नुपर्छ भन्ने जागरण आउन थालेको

समस्या एवं गुनासा

जग्गाको भाडा महंगो भएकाले व्यवसाय विस्तार गर्न समस्या भएको,
कार्यक्रम बीचमै सकिने(फेजआउट)
हो कि भन्ने चिन्ता रहेको,

मकवानपुर जिल्ला:

प्रतिनिधिमण्डलले मकवानपुरमा किवी खेती तथा प्रस्तावित अदुवा प्रशोधन उद्योग बारे संघका पदाधिकारीहरुसंग छलफल गर्‍यो ।

सुझाव

किवी खेती, यसका प्राविधिक पक्ष, वजार विस्तार, भण्डारण, प्याकेजिङका विषयमा प्रवद्र्धनात्मक कार्यक्रमहरु ल्याउनु पर्ने,
कार्यक्रमका लागि आउने वजेट निकै कम भएकाले बजेट बढाउनु पर्ने

चितवन जिल्ला:

प्रतिनिधिमण्डलले चितवनमा केरा खेतीको फिल्ड अवलोकन निरीक्षण गरि सरोकारवालाहरुसंग छलफल गर्‍यो ।

सरोकारवालाहरुसंगको छलफलमा

केरा खेती विस्तार गर्न कृषकहरु उत्साहित भएको,
रोजगारी सृजनामा सहयोग पुगेको
परम्परागत खेती प्रणालीबाट व्यवसायिक खेती प्रणालीतर्फ कृषकहरु आकर्षित हुन थालेको,
आम्दानी राम्रो स्रोत बन्दै गएको,

सुझाव:

केरा खेती विस्तार हुंदै गएकाले कार्यक्रम मार्फत लगानी विस्तार गर्नुपर्ने
आयातित केरालाई विस्तारै निरुत्साहित गर्ने नीति ल्याउनुपर्ने,

लम्जुङ जिल्ला:

प्रतिनिधिमण्डलले लम्जुङको होम स्टे कार्यक्रमको अवलोकन सहित सरोकारवालाहरुसंग अन्तरक्रिया गर्‍यो ।

सरोकारवालाहरुसंगको छलफल:

स्थानीय जनताको आयआर्जन बढेको,
विदेशीने क्रम रोकिएको
महिलाहरुमा पनि घरव्यवहारका साथै आयआर्जन गर्नुपर्छ भन्ने चेतना जागरण भएको,
स्थानीय जातजातीका कला, संस्कृतिको जर्गेनाका साथै आम्दानीको प्रमुख स्रोत बन्न गएको,

समस्या एवं माग:

काउेलेपानी होम स्टेसम्म जाने करिव ८ किलोमिटर बाटो कच्ची रहेकाले यसको मर्मत सम्भारका साथै पिच गर्न सहयोग गर्नुपर्ने,
कार्यक्रमको बजेट बढाउनु पर्ने,

कांश्कीको लेखनाथ:

प्रतिनिधिमण्डले कांश्कीको लेखनाथमा कृषि पर्यटन कार्यक्रम होम स्टेको अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गर्‍यो ।

सरोकारवालाहरुसंगको छलफलमा

एक गाउ एक उत्पादन कार्यक्रम अन्तरगत लेखनाथलाई एग्रोटुरिजमको रुपमा विकास गरिएको
जस अन्तरगत दुध, माछा, कफी,मौरी, सुन्तला लगायत पांचवटा वस्तुहरुलाई प्रवद्र्धन गरिएको, सोही अनुसार पूर्वाधार निर्माण गरि लगिएको
यसलाई एग्रो टुरिजमसंग एकाकार गरि लगिएको,
यी कार्यक्रमहरुबाट लाभान्वितहरुको संख्या बढ्दै गएको,
स्थानीय जनताको आयस्तर बढेको,
होम स्टे बढाउन स्थानीयस्तरमा जागरण आएको, घरमा सवै परिवारले रोजगारी पाएको,
एक गाउं एक उत्पादन कार्यक्रमबाट स्थानीय व्यवसायीहरुमा काम गर्ने उत्साह थपिएको,

समस्या एवं सुझाव

तल तलैया अतिक्रमण तथा ताल पुरिने समस्याको निराकरण सहित प्राकृतिक संरक्षणमा सरकारको विशेष नीति आउनु पर्ने,
न्यूनतम व्याजदरमा ऋण व्यवस्था हुनुपर्ने,
एक गाउ एक उत्पादन कार्यक्रमको बजेट बढाउनु पर्ने
सुरक्षाको विशेष प्रवन्ध गर्नुपर्ने,
होम स्टेको अवधारणालाई स्वदेश एवं विदेशमा समेत प्रवद्र्धन गर्नुपर्ने,
कार्यक्रम विस्तार गर्न सकिएमा रोजगारीसंगै आर्थिक विकास र विदेश पलायन केही हदसम्म भएपनि रोक्न सकिने ।
पीपीपी मोडलमा संचालन गरिएको यो कार्यक्रम सरकार तथा निजी क्षेत्रकै लागि प्रतिष्ठाको कार्यक्रम भएकाले यसलाई सफल पार्न दुवै पक्ष उत्तिकै सवल र सचेत हुनुपर्ने ।

तनहुं जिल्ला:

प्रतिनिधिमण्डलले तनहुंको दमौलीमा गोलभेडा कार्यक्रमका विषयमा सरोकारवालाहरुसंग अन्तरक्रिया गर्‍यो ।

सरोकारवालाहरुसंगको छलफलमा

आ.व. २०७२/०७३ देखि एक गाउं एक उत्पादन कार्यक्रम लागू भएको
गोलभेडा खेतीको पकेट क्षेत्रको रुपमा मिर्लुङ गाविसलाई छनौट गरि परियोजना कार्यान्वयन भएको
घलेछापलाई पनि पकेट क्षेत्रको रुपमा विकास गरि त्यहां हाल कलेक्शन सेन्टर निर्माण अन्तिम चरणमा पुगी सकेको
उक्त कलेक्शन सेन्टर निर्माणको लागि परियोजनाको र कृषकहरुको समान सहभागिता रहने
कृषकहरुको मनोवल उच्च रहेको,
आगामी आर्थिक वर्षमा गोलभेडाको उत्पादनमा उच्च वृद्धि हुने

सुझाव:

एक गाउं एक उत्पादन कार्यक्रमको बजेट बढाउनु पर्ने
कृषकहरुलाई प्राविधिक सहयोग, पूर्वाधार तयारी एवं बजार विस्तारमा सहयोग गर्नुपर्ने,
किसानलाई फाइदा पुग्ने हिसावले सरकारको नीति आउनु पर्ने ।

धादिङ जिल्ला:

प्रतिनिधिमण्डलले धादिङमा केचअप, तरकारी ग्रेडिङ्ग, प्याकेजिङ्ग उद्योग अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गर्‍यो ।

सरोकारवालाहरुसंगको छलफलमा:

धादिङबाट उत्पादित तरकारी संकलन तथा प्रशोधनका लागि प्रशोधन उद्योग संचालनको तयारीमा रहेको,
उद्योग संचालन भएपछि सवै प्रकारका तरकारी संकलन गर्ने, त्यसको प्रशोधन गर्ने र विक्री वितरणका लागि बजारमा पुर्‍याउने योजना रहेको
गोलभेडाको केचअप उद्योग संचालन हुन लागेको

समस्या तथा सुझाव

विशेष गरि भुकम्प पछि पानीको स्रोत सुकेकाले तरकारी उत्पादनमा समस्या भएको,
कच्ची सडकका कारण तरकारीको सिजनमा बजारमा तरकारी पुर्‍याउन समस्या परेकाले ग्रामीण सडकको स्तरोन्नतीमा सरकारको विशेष ध्यान जानुपर्ने,
केचअप उद्योगका लागि आवश्यक गोलभेडा उत्पादनका लागि छुट्टै जातका गोलभेडाको बीउ बिजन किसानलाई उपलव्ध गराउनु पर्ने,
अर्गानिक तरकारी उत्पादन गर्ने हो भने त्यसको लागि छुट्टै विशेष बजारको व्यवस्था हुनुपर्ने,
नेपाली तरकारीको वजार मुल्य भारतीयहरुको हातमा रहेको तीतो यथार्थतालाई मनन गरि नेपाली किसानहरुको हित संरक्षण हुने प्रकारको नीति सरकारले ल्याउनु पर्ने,
किसानहरुले गरेको मेहनतलाई वुझेर सरकारले उचित प्रोत्साहन मिल्ने कार्यक्रमहरु संचालनमा ल्याउनु पर्ने ।

भ्रमण कार्यक्रमको अन्त्यमा असार १७ गते सांझ धादिङमा आयोजित कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघको एक गाउं एक उत्पादन कार्यक्रम कार्यक्रमका संयोजक दिल सुन्दर श्रेष्ठले पीपीपी मोडलमा संचालन भएको यो कार्यक्रमलाई सफल पार्न महासंघ/कृषि उद्यम केन्द्रले कुनै कसर वांकी नराख्ने र यस सम्बन्धमा कृषि विकास मन्त्रालयसंग नजिकमा रहेर काम गर्ने विश्वास दिलाउनु भयो ।

संयोजक श्रेष्ठले अवलोकनका क्रममा देखेका कुरालाई प्रष्टसंग आआफ्ना संचारमाध्यमहरुमा प्रकाशित गरि हामीलाई मार्ग दर्शन गर्न समेत संचार माध्यमहरुलाई अनुरोध गर्नुभयो ।

कृषि विकास मन्त्रालयका उपसचिव एवं भ्रमणदलका सदस्य लालकृष्ण श्रेष्ठले भ्रमणबाट एक गाउं एक उत्पादन एक जिल्ला एक उत्पादन लागू भएका जिल्लाहरुको वास्तविकता अध्ययन गर्ने मौका पाएको र भ्रमणका क्रममा आएका सल्लाह, सुझाव, कमीकमजोरीलाई समिक्षा गरि कार्यक्रमलाई अझ प्रभावकारी ढंगबाट अगाडी बढाउन आफ्नो तर्फबाट सहयोग गर्ने विश्वास दिलाउनु भयो । साथै उहांले भ्रमण कार्यक्रमका विषयमा माननीय कृषि मन्त्री, श्रीमान कृषि सचिवज्यूको समेत उपस्थितिमा एक समिक्षात्मक बैठक राख्न कृषि उद्यम केन्द्रलाई अनुरोध सुझाव दिनु भयो ।

भ्रमणको दौरानमा धुलिखेल उद्योग वाणिज्य संघ, सिन्धुली उद्योग वाणिज्य संघ, जनकपुर उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, चितवन उद्योग वाणिज्य संघ, लम्जुङ उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, तनहुं उद्योग वाणिज्य संघ र धादिङ उद्योग वाणिज्य संघका तर्फबाट अध्ययन अवलोकन भ्रमणमा रहेको प्रतिनिधिमण्डलसंग सरोकारवालाहरुलाई समेत उपस्थित गराई आआफ्नो जिल्लामा स्वागत सहित छलफल एव अन्तरक्रिया आयोजना गरिएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by