Nov 12, 2018
नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले मिति २०७५ साल आश्विन १३ गते हेरिटेज गार्डेन, सानेपा ललितपुरमा महिला उद्यमीहरुको प्रबर्द्धन सम्बन्धी राष्ट्रियस्तरको कार्यशाला गोष्ठी आयोजना गर्‍यो । 

गोष्ठी आयोजनाको मुख्य उद्देश्य विद्यमान परिस्थितिमा महिला उद्यमीहरुले सामना गर्नुपरेका समस्याहरु एवं समस्या समाधानका लागि हुनुपर्ने व्यवस्थाहरूबारे सरोकारवाला सबै पक्षहरूको सहभागितामा छलफल गरी छलफलबाट प्राप्त निश्कर्ष एवं सुझावहरु सम्बन्धित निकायहरुमा पहलको लागि पेश गर्ने रहेको थियो ।

उक्त राष्ट्रिय गोष्ठीमा देशका सातैवटा प्रदेशका जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य संघका महिला उद्यमीहरु, महासंघका सदस्य संघ वस्तुगत संघ एवं अन्य सम्बन्धित संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । गोष्ठीमा भाग लिएका सहभागिहरुको नाम तथा प्रतिनिधित्व गरेको संघ संस्थाको नाम अनुसूचीमा प्रस्तुत गरिएको छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by