Dec 13, 2024
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिनु भयो ।
शुक्रबार सम्पन्न १५औँ दक्षिण एशियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरूमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताउनु भयो ।
उनले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगहरूमा दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (क्ब्ँत्ब्) अन्तर्गतको न्यून भन्सार महसुलले महत्त्वपूर्ण दबाब सिर्जना गरेको औंल्याउनु भयो ।
विशेष गरी नेपाल जस्ता साना अर्थतन्त्रहरूको स्थानीय उद्योगहरूको संरक्षण र प्रवर्द्धन गर्न गाह्रो परेको र छिमेकी देशका स्थापित क्षेत्रहरूसँग प्रतिस्पर्धा गर्नुपरेको ढकालले बताउनु भयो ।
ढकालले क्ब्ँत्ब् ले दक्षिण एशियाली क्षेत्रभित्र व्यापार र लगानी प्रवर्द्धन गर्न सहयोग गर्नुपर्नेमा जोड दिए । उनले नेपालको जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उजागर गर्दै साझा ऊर्जा ग्रिडले सबै देशलाई स्वच्छ ऊर्जा स्रोतमा पहुँच प्रदान गर्न र जीवाश्म ईन्धनमा निर्भरता कम गर्न सहयोग गर्नसक्ने बताए ।
अध्यक्ष ढकालले दक्षिण एशियाली क्षेत्रले जलवायु परिवर्तनको असर भोग्नुपरे पनि अनुकूलन र न्यूनिकरणका लागि स्रोत सीमित रहेको बताए । जलवायु योजना कार्यान्वयनका लागि २०३० सम्म वार्षिक २०० अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान रहेको उनले जानकारी गराउनु भयो ।
स्रोत परिचालनमा रहेको ठूलो अन्तरको चर्चा गर्दै ढकालले क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र यसले न्यायसंगत हरित परिवर्तनलाई प्राप्त गर्न सहयोग पुर्याउने बताउनु भयो ।
South Asia needs to rethink its trade policies: Dhakal
Chandra Prasad Dhakal, President of Federation of Nepalese Chambers of Commerce and Industry, has said that South Asia needs to rethink its trade policies, ensuring they protect vulnerable sectors while promoting green and inclusive growth.
Dhakal mentioned this during the closing ceremony of the 15th South Asia Economic Summit on Friday.
On the occasion, Dhakal said that although South Asia is one of the fastest growing regions it is also the least connected in terms of trade and investment flow. he informed that it has been almost a decade that no significant progress has been made in terms of economic integration in the region.
Dhakal also highlighted the fact that there is significant pressure on domestic industries due to reduced tariffs under the South Asian Free Trade Area (SAFTA). He mentioned it has also made it difficult to protect and promote local industries, particularly in smaller economies like Nepal. Dhakal also highlighted that Nepali industries must now compete with more established sectors in neighbouring countries, often without adequate policy support or technological capacity.
Dhakal emphasised that SAFTA should be able to help foster trade and investment within the South Asian region.
Dhakal added that the South Asian region has vast potential in renewable energy such as hydropower in Nepal. He mentioned that a shared energy grid could enable all South Asian countries to access cleaner energy sources and reduce reliance on fossil fuels.
Dhakal also highlighted that though the South Asian region bears the brunt of climate impacts, our resources for adaptation and mitigation remain limited. He informed the gathering that there is an estimated need of $200 billion annually until 2030 to implement climate plans.
Mentioning that there is a huge gap in resource mobilisation, Dhakal stated that this gap in resources demands the need for greater collaboration within the region and support from the global community to achieve equitable green transformation.