Sep 30, 2024
विपद पिडितलाई महासंघद्वारा राहत (२०८१/०६/१४)
यही २०८१ असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गर्दछ । महासंघ विपदमा ज्यान गुमाउनुहुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दछ ।  

विपदको यस घडिमा जिल्ला उद्योग वाणिज्य संघ मार्फत अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने महासंघले निर्णय गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिनेछ । 

यसका साथै विपदको यस समय आ आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्विराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गर्दछ । 

यसैगरि बाढि पहिरोका कारण यातायात अवरुद्ध भएको यस घडिमा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघ आफ्ना सम्पूर्ण सदस्यहरुमा आव्हान पनि गर्दछ । 

उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धारकार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघ आफ्ना सदस्यहरुलाई आग्रह गर्दछ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ । 



FNCCI provides relief to disaster victims

The Federation of Nepalese Chambers of Commerce and Industry expresses deep sorrow over the loss of life and property caused by the incessant rainfall since September 26, 2024, in various parts of the country. The Federation pays heartfelt tributes to those who lost their lives in the disaster and expresses deep condolences to the bereaved families. It also wishes for the speedy recovery of the injured.

In this hour of crisis, the FNCCI has decided to provide relief of Rs 1 lakh each to the severely affected districts through the District Chambers. This amount will be utilised for relief purposes through the member District Chambers.

Furthermore, the Federation also requests its Executive Committee members, member District and Municipal Chambers, sectoral associations, associate and bilateral associations, and all entrepreneurs and businesspeople to provide necessary assistance from their respective sides during this time of disaster.

Likewise, the FNCCI also calls upon all its members to remain as active as possible in the supply of essential goods, etc., during this time when transportation has been disrupted due to floods and landslides.

Since the government has also requested for necessary equipment during the rescue operation, the FNCCI also requests its members to provide such equipment to the government agencies involved in the rescue operation.

Under its corporate social responsibility, the FNCCI has always been at the forefront in providing assistance whenever the country faces a disaster.


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by