Sep 12, 2024
महासंघ र सिमिटको सहकार्यमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना (२०८१/०५/२७)

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ । प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकासका माननीय मन्त्री रामनाथ अधिकारीज्यू रहनुभएको समारोहमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालज्यूको अध्यक्षता रह्यो । 

कार्यक्रमलाई संबोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि माननीय श्री रामनाथ अधिकारीले मुलुकको अतिनै महत्वपूर्ण विषय लघु साना तथा मझौला कृषि उद्यमका अवसर र चुनौती विषयक कार्यशाला गोष्ठी आयोजनाको लागि आभारी रहेको बताउनुभयो । सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१—२०९१ मनाउन लागेको जानकारी गराउनुहुँदै मन्त्री अधिकारीले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भएको जानकारी गराउनुभयो । महासंघ कृषि उद्यम केन्द्रकोद्वारा आयोजित गोष्ठीको निष्कर्ष कृषि दशकको लागि मार्ग दर्शक बन्न सकोस भन्ने कामना मन्त्री अधिकारीले व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई संबोधन गर्नुहुँदै कार्यक्रमका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरुले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरुको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताउनुभयो । महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरुलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुकालागि, स्थापना काल देखि नै कार्य गर्दै आईरहेको बताउनुभयो । 

USAID को सहयोगमा CIMMYT द्वारा संचालित Nepal Sed and Fertilizer (NSAF) Project ले लघु, साना तथा मझौला उद्यमहरुलाई सहयोग कार्यक्रम संचालनका लागि FNCCI/ AEC संग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

NSAF परियोजनाले नेपालको कृषि रुपान्तरणका लािग महत्वपूर्ण योगदान गरिरहेको, यसले मकै लगायतका बालीहरुलाई गर्ने प्रबद्र्धनबाट देशमा वर्षेनी बढ्दै गएको मकैको मागलाई सम्बोधन गर्न योगदान पुर्याईरहेकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गर्नुहुँदै यस्तोमा CIMMYT ले नेपालमा मकैको बिऊ सुधारका साथै उत्पादन र उत्पादकत्व बृद्धिकाागि कार्य गर्ने गरी NSAF परियोजना संचालन गर्नु सुखद रहेकोले यस्ता परियोजनाहरु निरन्तर संचालित हुनपर्ने बताउनुभयो । 

नीजि क्षेत्रको प्रतिनीधको रुपमा आबश्यक पर्ने सहयोगका लागि सदैब तत्पर रहको बताउनुहुँदै अध्यक्ष ढकालले व्यवसाय मैत्री बाताबरण श्रृजनाकालागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने आजको आबश्यकता लाई नीजि क्षेत्रको तर्फबाट सहकार्यकालागि आह्वान समेत गर्नुभयो ।  

कृषि व्यवसाय मात्र होईन सबै क्षेत्रमा नीजि उद्यमीहरु व्यवसायिक बातावरणको अपेक्षा गर्दछन् । त्यसकालागि सबै पक्ष मिलेर काम गर्न अनुरोध सहित कार्यशालाले यसै दिशातीर निश्कर्ष निकाल्न सफल हुने विश्वास लिंदै निमन्त्रणालाई स्विकार गरी यस उदघाटन सत्रमा सहभागिहुनु भएका सबैलाई आयोजकको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्नुहुँदै उद्घाटन सत्रको समापन गर्नुभयो । 

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कृषि उद्यम केन्द्रका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य श्री डि.बी. बस्नेतज्यूले AEC ले गरेको कामहरुको बारेमा उल्लेख गर्नुभयो । २०४८ सालमा नेपाल उद्योग वाणिज्य महासंघको कृषिसंग  सम्बन्धित एकाईको रुपमा स्थापना भएको कृषि उद्यम केन्द्र (AEC) स्थापनामा  नेपाल स्थित अमेरिकन सहयोग नियोग USAID को ठूलो भूमिका रहेको बताउनुभयो ।  

स्थापनाकाल देखि हाल सम्म ३३ वर्षको यात्रामा कृषि उद्यम केन्द्रले कृषि व्यवसाय प्रबर्द्धनमा महत्वपूर्ण योगदान गरेको साथै यसले नीतिगत पैरवी गर्दै  सरकारसंग नीति विकासमा हातेमालो गर्दै थुप्रै नीतिहरु बिकासमा कृषि उद्यम केन्द्रको महत्वपूर्ण योगदान रहेको सभापति बस्नेतले बताउनुभयो । 

यसका साथै केन्द्रले बिभिन्न बिकास साझेदारहरु संग मिलेर कृषि व्यवसाय प्रबर्द्धनका लागि संचालित बिभिन्न आयोजना, परियोजनाहरु कार्यान्वयन साझेदारको रुपमा रहि योगदान रहेको समेत सभापति बस्नेतले जानकारी गराउनुभयो । 

कृषि उद्यम केन्द्र ले, नेउवामहासंघले अबलम्बन गरेको सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप नेपाल सरकारसंग साझेदारी गरी “एक गाउँ एक उत्पादन कार्यक्रम (ओभीओपी)” संचालन मार्फत स्थानीय उत्पादनलाई प्रवर्द्धन, बजारीकरण, ब्रान्डिग गर्ने कार्य १० बर्षे काम सफलता पूर्वक संचालन गरेको स्मरण गर्नुहुँदै सभापति बस्नेतले यस्ता कार्यक्रमहरुको आवश्यकता अहिले पनि रहेको बताउनुभयो । 

कृषि उद्यम केन्द्रलाई बिश्वास गरेर सिमिटले USAID को सहयोगमा संचालन गरिरहेको “नेपाल वीउ तथा मल परियोजना (NSAF) मा “लघु, साना तथा मझोला उद्यमी सहयोग कार्यक्रम कार्यान्वयन गर्न सहकार्य गर्ने मौका दिनु भएकोमा सिमटि नेपाल टिम खासगरि यसका प्रमुख डा. द्युतिमान चौधरी प्रति आभार व्यक्त गर्दै सभापति बस्नेतले परियोजना मुख्यतया मकै, धान, मसुरो, तोरि, आलु लगायतका बाली केन्द्रित रहेको बताउनुभयो ।

सन २०२३ सेप्टेम्बर बाट शुरु भएको सहकार्य अनुसार कृषि उद्यम केन्द्रले फिल्डमा कार्यक्रमहरु सफलतापूर्वका कार्यान्वयन गरिरहेको र अझै राम्रो परिणाम आउने गरी सहकार्यको अन्तिम अवधि नेभेम्बर २०२४ सम्म कार्यान्वयन गरि नै रहने प्रतिबद्धता व्यक्त गर्नुहुँदै सभापति बस्नेतले आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको अपेक्षा समेत रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले सरकारले घोषणा गरेको कृषि लगानी वर्षमा यस गोष्ठीमा उठान भएका विषय वस्तुलाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सोहि अवसरमा सिमिटका आवासीय प्रतिनिधी एवं परियोजना संयोजक डा. द्युतीमान चौधरीले सिमिटले लामो समयदेखि मकै बाली लगायतको क्षेत्रमा कार्य गर्दै आइरहेको र हाल महासंघ कृषि उद्यम केन्द्र संगको सहकार्यमा संचालित परियोजनाको परिणाम राम्रो आएकोमा खुशी व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्नुहुँदै इकोनोमिक ग्रोथ अफिस युएसएआइडि नेपालका उपनिर्देशक जुडिथ आल्मोडोभरले नेपाल बिऊ तथा मल परियोजना/सिमिट र एफएनसिसिआई एइसी संगको सहकार्यमा भएको कामको परिणाम राम्रो देखिएको प्रभावकारी ढंगले परियोजनाबाट भएकोमा सहकार्य सफल भएको अनुभुति भएको र आगामी दिनमा थप सहकार्य हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय सहकारीका अध्यक्ष ओम देवी मल्लले नेपालमा सहकारीको १८ वटा क्षेत्र भएतापनि १७ वटाबाट अन्य काहरु भैरहेको र १ बाट कृषि सहकारीको काम हुने गरेको जानकारी गराउनुभयो । सहकारीबाट उत्पादीत चिया एवं दुधको बजारीकरणमा समस्या भएतापनि अन्य उत्पादनहरुको अन्तराष्ट्रिय व्यापार सफल रहेको जानकारी गराउनु भयो । वार्षिक ५ मेट्रिक टन भन्दा बढी कफी विदेश निर्यात हुने गरेको र ३ अर्व भन्दा बढी जडीबुटीको वार्षिक कारोबार हुने गरेको बताउनुभयो । सहकारी मार्फत संचालित लघु, साना तथा घरेलु उद्योग ५०० भन्दा बढी उद्योगहरु सफल रहेको समेत जानकारी गराउनुभयो साथै नेपालमा सहकारी मार्फत कोप मार्टहरुको शुरुवात भएकोमा खुशी समेत व्यक्त गर्नुहुँदै  कृषि क्षेत्रमा रहेको समस्यालाई सम्बन्धित सबै निकाय मिलेर समाधान गर्नुपर्ने धारणा समेत राख्नुभयो ।

कार्यक्रमलाई संबोधन गर्नुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री कृष्ण बहादुर राउतले देशको रोजगारीको सबै भन्दा धेरै हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको योगदान प्रशंसनीय रहको बताउनुभयो । सरकारले सर्टिफिकेसनमा रहेको समस्या समाधानमा पहल भैरहेको, रैथाने बालीको प्रबद्र्धनमा सरकारले सहायोग गरिरहेको, ईन्नोभेटिभ काम गर्नेलाई पुरस्किृत गर्ने परिपाटिको विकास भएको लगायतको विषयमा जानकारी गराउनुहुँदै सचिव राउतले ब्अत शंसोधनको काम भैरहेको जानकारी गराउनुभयो । एसएम्इजलाई प्रवद्र्धन गर्ने विषयमा केन्द्रित रहेको र त्यसकालागि निजीक्षेत्रको भूमिका महत्वपूर्ण रहेकोले सहकार्यकालागि अनुरोध समेत गर्नुभयो ।

त्यसै गरि कार्यक्रममा संबोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति माननीय कुसुमदेवी थापाले नेपाल कृषि प्रधान देश भएता पनि कृषिमा आत्मा निर्भर हुन नसकेकोमा दुख व्यक्त गर्दै कृषिमा क्रान्तिको आवश्यकता रहेको बताउनुभयो । साथै कृषि क्षेत्रमा रहेको समस्या सबै कृषि विधेयकमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दुई दिने कार्यशाला गोष्ठीमा लुम्बीनी र सुदूरपश्चिम प्रदेशका कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कंचनपुरका साथै देशका विभिन्न जिल्लाका कृषि उद्यमी तथा जिल्ला स्तरका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रिय स्तरबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत सरकारी तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई संबोधन गर्नुहुँदै कार्यक्रमका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरुले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरुको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताउनुभयो । महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरुलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुकालागि, स्थापना काल देखि नै कार्य गर्दै आईरहेको बताउनुभयो । 

USAID को सहयोगमा CIMMYT द्धारा संचालित Nepal Sed and Fertilizer (NSAF) Project ले लघु, साना तथा मझौला उद्यमहरुलाई सहयोग कार्यक्रम संचालनकालागि FNCCI/ AEC संग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

NSAF परियोजनाले नेपालको कृषि रुपान्तरणका लागि महत्वपूर्ण योगदान गरिरहेको, यसले मकै लगायतका बालीहरुलाई गर्ने प्रबर्द्धनबाट देशमा वर्षेनी बढ्दै गएको मकैको मागलाई सम्बोधन गर्न योगदान पुर्याईरहेकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गर्नुहुँदै यस्तोमा CIMMYT ले नेपालमा मकैको बिऊ सुधारका साथै उत्पादन र उत्पादकत्व बृद्धिकाागि कार्य गर्ने गरी NSAF परियोजना संचालन गर्नु सुखद रहेकोले यस्ता परियोजनाहरु निरन्तर संचालित हुनपर्ने बताउनुभयो । 



नीजि क्षेत्रको प्रतिनीधको रुपमा आबश्यक पर्ने सहयोगका लागि सदैब तत्पर रहको बताउनुहुँदै अध्यक्ष ढकालले व्यवसाय मैत्री बाताबरण श्रृजनाकालागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने आजको आबश्यकता लाई नीजि क्षेत्रको तर्फबाट सहकार्यकालागि आह्वान समेत गर्नुभयो ।  

कृषि व्यवसाय मात्र होईन सबै क्षेत्रमा नीजि उद्यमीहरु व्यवसायिक बातावरणको अपेक्षा गर्दछन् । त्यसकालागि सबै पक्ष मिलेर काम गर्न अनुरोध सहित कार्यशालाले यसै दिशातीर निश्कर्ष निकाल्न सफल हुने विश्वास लिंदै निमन्त्रणालाई स्विकार गरी यस उदघाटन सत्रमा सहभागिहुनु भएका सबैलाई आयोजकको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्नुहुँदै उद्घाटन सत्रको समापन गर्नुभयो । 


FNCCI and CIMMYT host National Workshop to Strengthen Agribusiness MSMEs in Nepal

The Federation of Nepalese Chambers of Commerce and Industry’s (FNCCI) Agro Enterprise Centre (AEC), in collaboration with United States Agency for International Development (USAID) Nepal Seed and Fertiliser Programme, hosted a successful two-day National Workshop on the “Status, Opportunities, and Challenges of Agribusiness Micro, Small, and Medium Enterprises (MSMEs) in Nepal” on September 10 and 11.

The workshop brought together 140 participants from various sectors, government, cooperatives, development partners, agriculture service providers, and micro, small, and medium-sized enterprises (MSMEs).

Agribusiness MSMEs play a vital role in Nepal’s agricultural sector by adding value to agricultural products, enhancing market access for farmers, and promoting sustainable farming practices. Agribusiness MSMEs need support to modernise their business practices, develop their connections with service providers, create a conducive environment for their investments in agribusiness and create robust and durable commercial models for transforming agriculture in Nepal, employment generation and local economic development.

Addressing the special inaugural session, Ram Nath Adhikari, Minister of Agriculture and Livestock Development, emphasised the government's commitment to supporting the growth and resilience of agribusiness MSMEs, recognising their crucial role in sustaining Nepal's agricultural sector. 

Chandra Prasad Dhakal, President of Federation of Nepalese Chambers of Commerce and Industry, emphasised the business potential in agriculture and the need to advance business growth. DB Basnet, Chairperson of Agro Enterprise Centre, highlighted the significance of collaboration between the public and private sectors in strengthening the linkages and capacity of MSMEs to advance Nepal’s agribusiness sector.

The workshop featured five technical sessions, including paper presentations, discussions and panel dialogues focusing on business linkages; policy options for reducing risks and increasing investments; and overall market competitiveness. The event concluded with the presentation of key recommendations to strengthen the competitiveness of agribusiness MSMEs in partnership with the Government of Nepal. These recommendations will help inform future policy formulation to create a more conducive business environment for these enterprises and thus have a significant impact in increasing economic and employment opportunity, ag productivity, food security and inclusive growth in Nepal.

###
USAID’s Nepal Seed and Fertiliser programme builds competitive seed and fertiliser systems across the country. It better connects smallholder farmers to Nepal’s agricultural market system, boosts sustainable agricultural production, and increases crop productivity improving food security. 

###
The United States Agency for International Development (USAID) supports the commercial maize model to improve maize production and marketing for food and feed in collaboration with the public, private sector, and farmers cooperatives in the Terai region of Nepal.

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by