Jun 02, 2024
महासंघ अध्यक्ष ढकालद्वारा बेलायती लगानीको अनुरोध (२०८०/२/२०)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीको लागि अनुरोध गरेका छन् ।

नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराउनु भयो । वहाँले सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि उल्लेख गर्नु भयोे ।

नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गरे । निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पु्र्याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराए । नेपालमा वैदेशिक लगानी आएमा निजी क्षेत्रले थप योगदान दिन सक्ने ढकालले बताए ।

ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि बताए । नेपाल उद्योग वाणिज्य महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन आठवटा लगानी ऐन परिमार्जन गरेको उनले राजदूत फेनलाई जानकारी गराए ।

ढकालले राजदूत फेनलाई नेपालमा लगानीका विभिन्न अवसरका बारेमा जानकारी गराए । वहाँले जलविद्युत क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए । नेपालको अधिकांश आर्थिक क्षेत्र पूर्ण रूपमा प्रयोग हुन सकेको छैन, त्यसैले लगानीकर्ताले छनोट गर्नुपर्ने धेरै क्षेत्रहरू छन्, वहाँले जोड दिनुभयो ।

भेटवार्ताको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले व्यापार विस्तारको बारेमा आफ्नो धारणा राख्नु भयो। साथै संघका लगानी फोरमका सभापति मनोज पौडेलले नयाँ लगानीका अवसर बारे जानकारी गराएका थिए ।

भेटको क्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन गर्नुभयो । वहाँले दोहोरो करमुक्ति सम्झौता बारे पनि चासो राख्नु भएको थियो ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले बेलायत सरकारले ६५ विकासोन्मुख देशलाई विकासोन्मुख राष्ट्र व्यापार योजना सुविधा उपलब्ध गराएको चर्चा गरे । नेपालले यो सुविधा कसरी लिन सक्छ भन्ने जानकारीका लागि वहाँले राजदूत फेनलाई अनुरोध गरे ।

सन् २०२६ सम्ममा नेपाल विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने भएकाले नेपालले निर्यातमा ड्युटी फ्री सुविधा गुमाउने, अवस्थीले बताए । त्यसैले विकासोन्मुख राष्ट्र व्यापार योजना नेपालका लागि महत्वपूर्ण हुने उनले बताए ।


FNCCI President Dhakal emphasizes investment from the UK 

President of the Federation of Nepalese Chambers of Commerce and Industry, Chandra Prasad Dhakal, has sought investment from the United Kingdom.

In a meeting with the British Ambassador to Nepal, His Excellency Rob Fenn on Friday, Dhakal emphasized the need for foreign investment in Nepal. He also mentioned about the Nepal Investment Summit, which the government had organized to attract investments in the country. 

Mentioning the long-standing bilateral relations that Nepal and the United Kingdom have had, Dhakal requested the British Ambassador to further promote trade and investment between the two countries. He also informed the ambassador about how the private sector has been contributing 81% to the GDP and 87% to employment. If Nepal receives foreign investment the private sector will be able to contribute more, said Dhakal. 

Dhakal further spoke about the ease of doing business climate in the country. He informed Ambassador Fenn that the government on the advice of the Federationof Nepalese Chambers of Commerce and Industry had amended eight investment laws to make the investment process easier.

Dhakal also informed Ambassador Fenn about the various investment opportunities in Nepal. He stated that the hydropower sector, information technology, infrastructure and tourism sectors have a lot of potential for investment.Most of the economic sectors in Nepal are not fully tapped, so, investors have a lot of sectors to choose from, he stressed.

Meanwhile, HemrajDhakal, Vice President (Commodity) of the Federation of Nepalese Chambers of Commerce and Industry, expressed his opinion about business expansion in Nepal. In addition, ManojPaudel, Chairperson of FNCCI’s Investment Forum, informed about new investment opportunities in the country.

During the meeting, Ambassador Fenn applauded the Federation of Nepalese Chambers of Commerce and Industry for taking the initiative to draft the framework of the Bilateral Investment Agreement. He also enquired about the Double Taxation Avoidance Agreement. 

Meanwhile, Gokarna Raj Awasthi, Director General of Federation of Nepalese Chambers of Commerce and Industry, mentioned about the Developing Countries Trading Scheme facility that the British government has been providing to 65 developing countries. He requested the ambassador for information on how Nepal could avail this facility. 

As Nepal will be graduating to a developing country status by 2026, Nepal will lose duty-free access for its exports, said Awasthi. Hence, the Developing Countries Trading Scheme will be important for Nepal, he added.


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by