May 31, 2021
नेपाल सरकारद्वारा आ.व. २०७८/७९ का लागि घाेषणा गरिएकाे वजेट भाषण प्रति नेपाल तयारी पाेशाक उद्याेग संघकाे ध्यानाकर्षण भएकाे छ।प्रस्तुत वजेट भाषणमा उ्द्याेग व्यवशायीहरुले उठांउदै अाएका केही मागहरुकाे संवाेधन भएकाे छ भने अन्य केही विषयमा थप स्पष्टता तथा सुधार अावश्यक रहेकाे व्यहाेरा अाैल्यांउन चाहन्छाै।    नेपाल सरकार द्वारा  निषेधाज्ञाकाे अवधि भर उद्यागहरुले खपत गरेकाे बिद्युत काे डिमान्ड चार्ज छुट दिने निर्णय स्वागतयाेग्य भएता पनि विगतकाे अनुभवलाई मध्यनजर गरि विना झन्झट साे छुटकाे व्यवस्था लागू गरिनु पर्ने संघकाे सुझाव रहेकाे छ। त्यसैगरि काेभिडवाट प्रभावित व्यवशायीलाई प्रदान गरिने पूनरकर्जा पाउने व्यवशाय र क्षेत्र विस्तार गरिनेछ भनिएकाेमा यस सुविधा अन्तर्गत साना तथा मझाैला निर्यातकर्ताहरुलाई समेत समेटिने गरि ३ बर्ष भन्दा बढि समय अवधिका लागि उपलव्ध गराईए  मात्र तयारी पाेशाक उद्याेग जस्ताे निर्यात जन्य उद्याेग लाभान्वित   हुन सक्ने देखिन्छ ।  

 त्यस्तै स्वदेशी वस्तुकाे उत्पादनलाई  संरक्षण गर्न मेक  ईन नेपाल र मेड ईन नेपालकाे अभियान संचालन गर्ने,ईन्टरनेटकाे माध्यमवाट भर्चुवल ट्रेड शाे काे अायाेजना गर्ने, काभ्रे पलान्चाेककाे पांचखालमा विशेष अार्थिक क्षेत्रकाे निर्माण गर्न,निर्यातजन्य उद्याेगमा विदेशी लगानी अाकर्षित गर्ने व्यवस्थाहरु सकारात्मक छन्। तयारी पाेशाक लगायत अन्य निर्यात जन्य बस्तुकाे उत्पादन एवं निर्यात प्रवर्ध्दन गरिने कार्यक्रमलाई वास्तवमै प्राथमिकतामा राख्नका लागि जाेडदार माग गर्दछाै। निर्यात व्यवशायी महासंघकाे साझेदारीमा काठमाडाै उपत्यकामा अन्तर्राष्ट्रिय  प्रर्दशनी केन्द्र निर्माण गरिने  कार्यक्रम तथा बन्डेड वेयर हाउस अन्तर्गत बैक ग्यारेन्टी फुकुवा का लागि २०७८ साल चैत्र मसान्तसम्म म्याद वढाउने प्रस्ताव निसन्देह संघकै चाहना बमाेजिम भई अाएकाे हुंदा  हार्दिक  स्वागत गर्दछाै।।भंसार विन्दुमा भुक्तानी गर्नु पर्ने कर विद्युतिय माध्यमवाट गर्न सकिने व्यवस्थाले कर भुक्तानीलाई सहज पुर्याउने छ। 


 तर निर्यातमा नगद अनुदान अन्तर्गत अघिल्लाे अा.व.भन्दा थप परिमाण र मुल्यकाे सामग्री निर्यात गर्ने निर्याकर्ताहरुलाई थप अनुदान दिने व्यवस्था उपर समीक्षा गर्दा निर्यात जन्य नेपाली तयारी पाेशाक उद्याेगका लागि  विद्यमान समयमा  प्रचलित नगद अनुदानकाे दर नै न्यून भई छिमेकी राष्ट्रहरु भारत र बगलादेशका दांजाेमा उच्च उत्पादन र ढुवानि लागतका कारण महङ्गाे भएकाे अवस्थामा  थप  परिमाण र मुल्यकाे निर्यात  प्रश्न गाैण रहन्छ। संघ द्वारा न्युनतम १०% काे नगद अनुदान नभई नेपाली तयारी पाेशाकले अन्तर्राष्ट्रिय वजारमा प्रतिस्पर्धा गर्न नसक्ने व्यहाेरा बारम्बार उठांउदै अाएकाे पूनः स्मरण गराउन चाहन्छाै।साथै  नगद अनुदानकाे प्राप्ति प्रकिया लाई सरलिकरण गरि  विना झन्झट शीघ्रताका साथ वितरण गरि  उद्याेगी व्यवशायीलाई प्रेरित गर्नु  अति अावश्यक रहेकाे जानकारी गरांउदछाै । तयारी पाेशाक निर्यात गरे पश्चात् पनि  नेपाल सरकार द्वारा  नगद अनुदान बापत भुक्तानी दिनु पर्ने रकम काे निकासा समयमै नगरिदा उद्याेगी हरु निराश हुने क्रमलाई बन्द गरिनु पर्ने तर्फ  सम्बन्धित सबैकाे ध्यानाकृष्ट गर्दछाै।

त्यसैगरि नेपाल विकशित मुलुकमा स्तराेन्नति हुने चरणमा रहेकाे हुंदा तयारी पाेशाक जस्ता निर्यात जन्य वस्तुकाे युराेपियन राष्ट्रहरुमा हुने निर्यातमा दिईदै भंसारकाे छुटकाे सुविधावाट वन्चित भई निर्यात प्रभावित हुने हुंदा  युराेपियन राष्ट्रहरु संग द्विपक्षिय संझाैता गरि भंसार छुटका सुविधालाई  निरन्तरता दिने समेत गरि सम्भावित  नाेक्सानलाई न्युनिकरण गर्ने  एक बृहत कार्य याेजना अविलम्व निर्माण गर्न जाेडदार अावाज उठांउछाै। 

अन्त्यमा, संघ द्वारा नेपाल सरकार का विभिन्न निकायहरु संग तयारी पाेशाक उद्याेगकाे पुनरुत्थानका लागि  अल्पकालिन एवं दीर्घकालिन समयका लागि माग गरिएका  विभिन्न राहत, छुट सहुलियत तथा सुविधाहरु यथाशिघ्र संवाेधन हुने अपेक्षा गर्दछाै।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by