Nov 12, 2020
Employer led Labour Market Secretariat-ELMS परियोजना कार्यान्वयन सम्बन्धी सम्झौतापत्रमा एफएनसीसीआई र ब्रिटिश काउन्सिल बीच हस्ताक्षर (२०७७/०७/२७)

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र ब्रिटिश काउन्सिल (through the European Union funded Dakchyata: TVET Practical Partnership Project) बीच Establishing an Employer led Labour Market Secretariat-ELMS परियोजना कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परियोजनाको प्रमुख उद्देश्य Create a model for Employers' Association to conduct harmonized demand side LMI activities रहेको छ ।

महासंघ सचिवालयमा बुधवार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र काउन्सिलका देशिय निर्देशक साहिदा म्याकडाउगल (Shahida MacDougall, Country Director of the British Council) ले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

परियोजना मार्फत Occupational Classification Standard को विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ । कृषि, भौतिक निर्माण र पर्यटनका क्षेत्रमा परियोजना कार्यान्वयन हुने छ । नेपाल सरकारबाट स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिनाको हुनेछ भने परियोजनाको कूल बजेट रू. १७ करोड ९० लाख ११ हजार ७३३ हुनेछ । महासंघको नेतृत्वमा साझेदार संस्थाहरू नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल  र नेपाल निर्माण व्यवसायी महासंघको संलग्नतामा परियोजनाको कार्यान्वयन हुने छ ।

मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्यांक एव जानकारीको अभावमा भोग्नु परेको समस्यालाई यस परियोजनाले संवोधन गर्नुका साथै मुलुकको औद्योगिक विकासमा सहयोग पुर्‍याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलव्ध गराउने प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्यांक प्रणालीको विकास गर्ने कार्यमा परियोजना एक कोशेढुंगा हुनेछ भने समग्रमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम (TVET) प्रणालीमा परिवर्तन ल्याउनुका साथै श्रम बजारमा माग र आपूर्तिको व्यवस्थापनमा ठूलो सहयोग गरी समग्रमा मुलुकको औद्योगिक विकासमा सघाउ पुर्‍याउने छ । यसबाट श्रम बजारसंग सम्बन्धित सरकारको नीति निर्माण एवं कार्यक्रममा सघाउ पुग्नुको साथै उद्योग व्यवसाय क्षेक्रका लागि आवश्यक दक्ष जनशत्ति उत्पादनमा समेत मद्दत गर्ने छ ।  

सम्झौतापत्र हस्ताक्षर कार्यक्रमलाई संबोधन गर्नुहुंदै महासंघका अध्यक्ष राणाले मुलुकभित्र उद्योग व्यवसायको मागका आधारमा श्रम बजारमा जनशक्ति तयार गर्ने महासंघको लक्ष्यलाई पुरा गर्ने कार्यमा व्रिटिश काउन्सिलको सहयोगप्रति आभार प्रकट गर्दै सहमती अनुसार परियोजनालाई कार्यान्वयन गर्न महासंघको प्रतिवद्धता जनाउनु भयो ।  अध्यक्ष राणाले अगाडी भन्नुभयो –टीभेट क्षेत्रको सुधार, गुणस्तरीय तालीम, क्षेत्रगत विशिष्टिकृत र उद्योगहरुको माग अनुसार श्रम बजारमा रहेको जनशक्तिको क्षमता अभिवृद्धि, तालीम पाठ्यक्रम निर्माण गर्दै समग्रमा दीगो र भरपर्दो रोजगारी सृजनामा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष राणाले निजी क्षेत्रसंगको सहकार्यका लागि व्रिटिश काउन्सिल, दक्षता परियोजनालाई धन्यवाद दिनु भयो ।

नेपालका लागि यूरोपियन यूनियनका राजदूत नोना डेपरेज (H.E. Nona Deprez, Ambassador of EU to Nepal) ले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालीमका क्षेत्रमा यूरोपियन यूनियन र ब्रिटिश काउन्सिल बीच सूचना प्रवाहमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै अर्थतन्त्रलाई प्रभावकारी ढंगबाट अगाढी बढाउन दक्ष जनशक्ति उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राख्नु भयो । ब्रिटिश काउन्सिल र महासंघ बीच भएको यो सम्झौताबाट नेपालको श्रम बजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । यसले समग्रमा बजारको माग र उत्पादित जनशक्तिलाई एकाकार गरी रोजगारीका अवसर सृजना गर्नुको साथै नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास प्रकट गर्नुभयो । 

ब्रिटिश काउन्सिलका देशिय निर्देशक साहिदा म्याकडाउगल (Shahida MacDougall, Country Director of the Bristish Council) ले नेपाली निजी क्षेक्रको चाहना अनुसारको कार्यत्रममा सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्दै परियोजनाको सफलताको लागि शुभ–कामना दिनु भयो । साथै उहाँले यो परियोजना नेपालको व्यवसायिक क्षेत्रका नेतृत्वदायी संस्थाहरू एफएनसीसीआई, सीएनआई, एफक्यान, एफएनसीएसआई र हान बीचको सहकार्यको महत्वपूर्ण उदाहरण हुने बताउनु भयो । दक्षता परियोजनाको साझेदारीमा ब्रिटिश काउन्सिलको सहयोगमा कार्यान्वयनमा आउने यो परियोजनाले दक्ष शीफयुक्त जनशत्ति उत्पादन मार्फत नेपालको आर्थिक विकास, लगानी आकर्षण र रोजगारी सृजनामा सघाउने विश्वास व्यक्त गर्नुभयो । यसले नेपालको श्रम बजारलाई बढी व्यवस्थित र माग आपूर्ति बीच तथ्यांक संतुलनमा समेत सघाउने बताउनु भयो ।     
  
सम्झौतापक्र हस्ताक्षर कार्यत्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघका कोषाध्यक्ष निरक केसी, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मोहन कटुवाल, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, व्रिटिश काउन्सिल अन्तरगतको दक्षता प्रोजेक्टका डेपुटी टिम लिडर राजेन्द्र श्रेष्ठ, परियोजना विकासमा प्रारम्भबाटै कार्य गर्नु भएका महासंघको कार्यकारिणी समितिका सदस्य रविन श्रेष्ठ र महासंघको वस्तुगत परिषद्का सहसभापति सुमित केडियाले परियोजनाको सफलताको कामना गर्नुको साथै आ–आफ्नो संस्थाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by