Jun 11, 2019
 व्यापारिक क्षमता अभिवृद्धिमा बौद्धिक सम्पत्तिको भूमिका विषयक  कार्यशाला आयोजना (मितिः २०७६/०२/२७)
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार उद्योग विभाग र जेनेभास्थित विश्व बौद्धिक संगठन (The World Intellectual Property Organization-WIPO) द्वारा संयुक्त रूपमा आयोजित व्यापार क्षमता अभिवृद्धि तथा आर्थिक विकासमा बौद्धिक सम्पत्तिको भूमिका विषयक राष्ट्रिय परामर्श बैठक तथा कार्यशाला (National Consultation Meeting on Technological Capacity Building for Strenghthing Trade Capacity and Economic Competitiveness through Ehhancing the Role of Intellectual Property)  आजदेखि महासंघको सचिवालयमा शुरूभयो । 


कार्यशालाको शुभारम्भ गर्नुहुंदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाल आर्थिक विकासको मार्गमा अगाडी बढेको अहिलेको अवस्थामा बाह्य लगानी आकर्षणका लागि समेत वौद्धिक सम्पत्ति संरक्षणको विषय महत्वपूर्ण भएकाले सरकारले नीति तथा कानून मार्फतनै बौद्धिक संरक्षणको सुनिश्चितता गरेको स्पष्ट पार्नुभयो । औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण लगायतका महत्वपूर्ण ऐन कानूनमा यस विषयका सम्बन्धमा स्पष्ट रूपमा उल्लेख गरिएको जानकारी गराउनु हुंदै कार्यक्रमको पूर्ण सफलताको कामना समेत गर्नुभयो । 


महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक विकास, लगानी तथा प्रविधि आकर्षण र वाह्य लगानीकर्ताहरूलाई उनीहरूको लगानीको समेत सुनिश्चितता दिलाउन पेटेन्ट, टे«डमार्क, डिजाइन, कपी राइट लगायतका बौद्धिक सम्पत्ति संरक्षणका विषय महत्वपूर्ण रहेको सन्दर्भमा महासंघले यी विषयमा सरकारस“ग वारम्वार पैरवी गर्दै आएको बताउनु भयो । महासंघले वौद्धिक संरक्षणका विषयमा निरन्तर रूपमा  आवाज उठाउ“दै आएको र सरकारस“ग पनि निरन्तर कार्य गर्दै आएको र आगामी दिनमा पनि सरकार र वाइपोसंग मिलेर कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।


उद्यमी व्यवसायी, बौद्धिक संरक्षण क्षेत्रमा क्रियाशिल कानून व्यवसायीहरू, नीति निर्माताहरू, सरकारी अधिकारीहरू, महासंघको कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता रहेको सो कार्यक्रममा महासंघका तर्फबाट डा. पोषराज पाण्डे, उद्योग विभागका तर्फबाट महानिर्देशक विनोद  प्रकाश सिंह, नेपाल उद्योग परिसंघका तर्फबाट डा. रूद्र शर्माले कार्यपत्र प्रस्तुत गर्नुभयो ।  उद्योग विगागको आर्थिक वर्ष २०१८/१९ को तथ्यांक अनुसार अहिलेसम्म ४ लाख ९१ हजार ट्रेड मार्क, ७८ वटा पेटेन्ट र १५४ वटा डिजाइनहरू दर्ता भएका छन् । 


कार्यक्रममा जेनेभास्थित विश्व बौद्धिक संगठनको अतिकम विकसित देशहरूलाई हेर्ने विभागका परामर्शदाता मोहमद, ड्यानुअल इस्लाम (Mr. Md. Daniul Islam, Counselor, Division for least Develop Countries, Development Sector, WIPO)  ले कार्यक्रमको विषय माथि जानकारी गराउदै वाइपोबाट आगामी दिनमा नेपालमा हुन सक्ने सहकार्यका विषयमा प्रकाश पार्नुभयो । कार्यक्रममा महासंघका निमित्त महानिर्देशकको पनि सहभागिता थियो । कार्यशाला भोलीसम्म चल्ने छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by