Apr 11, 2016

 

नेपाल उद्योग वाणिज्य महासंघको ५० औं वार्षिक साधारण सभाको दोश्रो दिन वाणिज्य तथा श्रम मन्त्री दिपक वोहरा र आपूर्ति मन्त्री गणेशमान पुनको समुपस्थितिमा आज वाणिज्य, श्रम तथा आपूर्तिका विषयमा छलफल भयो ।

मुलुकभरका उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित उक्त कार्यक्रममा सहभागीहरुले देहायका आआफ्ना क्षेत्रका समस्याहरुलाई उठाउनु भएको थियो ।

फर्म नविकरणका विषयमा ऐन नियममा स्पष्ट व्यवस्था हुनुपर्ने, नविकरण लगायतका विषयमा व्यवसायीहरुलाई सहज वातावरण दिनुपर्ने, आपूर्ति व्यवस्था सहज हुनुपर्ने, उद्योग व्यवसायका लागि इन्धन लगायतका अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति हुनुपर्ने, घरेलु तथा साना उद्यमीलाई प्रोत्साहन गर्ने नीति लिइनु पर्ने, विस्थापित वैंकहरुको पुनरस्थापनामा जोड दिइनुपर्ने, स्थानीय विकास निर्माणमा भएका ढिलासुस्ती हटाउनु पर्ने, व्यवसायीहरुमा आतंक सृजना गर्ने ढंगले भैरहेका अनुगमन कार्यलाई तत्काल रोक्नु पर्ने लगायतका सुझावहरु राख्नु भएको थियो ।

सभालाई संवोधन गर्नुहुंदै वाणिज्य तथा श्रम मन्त्री दिपक वोहोराले देहायका वुंदाहरुमा जोड दिनु भयो ।

>> वाणिज्य नविकरण तथा जिल्ला उद्योग वाणिज्य संघको शिफारिश लगायतका विषयमा महासंघसंग एक हप्ताभित्र वसेर टुंग्याउने, दुई तीनवटा वैठक फटाफट गरौ समस्या समाधान गरौं,

>> श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन संसदमा गैसकेको र छिट्टै पारित समेत हुन गैरहेको छ ।

>> मन्त्री आएपिच्छे समस्या सुनाउने प्रथालाई अन्त्य गर्दै निजी क्षेत्रका समस्याका विषयमा ठोस प्रस्ताव तयार गरि त्यसको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसंग वसेर समाधानमा पहल गर्न महासंघले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने,

>> व्यवसायीका समस्या समाधानमा महासंघसंग आफू वसेर तत्काल समस्या समाधान गर्ने, निजी क्षेत्रका लागि आफ्नो ढोका सदैव खुला रहने र आफू पूर्ण रुपमा सहयोग गर्न तयार,

>> उद्योग बढ्यो भने लगानी बढ्छ, रोजगारी सृजना हुन्छ कामका लागि विदेशीने नेपाली यूवाहरुको संख्यामा कटौती गर्न सकिने यथार्थतालाई मनन गरि लगानीमैत्री वातावरण निर्माणका लागि सरकार सदैव तयार,

>> श्रम मन्त्रालय श्रमिकको मन्त्रालय भन्ने भ्रम छोड्न र यो उद्योगी व्यवसायीहरुको पनि मन्त्रालय हो भन्ने रुपमा लिन आग्रह,

>> सम्माननीय प्रधानमन्त्रीज्यूको भारत तथा चीन भ्रमण अत्यन्त सफल भएको छ । तर यसबाट अधिकतम फाइदा उठाउन हाम्रो गृह कार्य तदनुरुप हुनुपर्ने हुंदा निजी क्षेत्रलाई कुन पोर्टका लागि पहल हुंदा हामीलाई फाइदा हुन्छ, त्यसमा निजी क्षेत्रबाट पहल होस ।

>> भारत तथा चीनसंगको व्यापार घाटा पूर्तिनै गर्न नसक्ने किसिमले बढेको छ । तर यो घाटा पूर्ति गर्न हाम्रा योजना तथा रणनीति सोही अनुरुप हुनुपऱ्यो । निजी क्षेत्रलाई गृहकार्य गर्न आग्रह,

>> भारत तथा चीन निकासीका क्रममा आउने क्यारेन्टाइन लगायतका विषयमा रहेका समस्या र समाधानका विषयमा तपाईहरुको प्रस्वात आओस त्यसलाई आफूले कार्यान्वयन गर्ने प्रतिवद्धता,

त्यसैगरि छलफल कार्यक्रमलाई संवोधन गर्नुहुंदै आपूर्ति मन्त्री गणेशमान पुनले उपभोक्ता हित संरक्षण, आपूर्तिको प्रभावकारी व्यवस्थाका लागि सरकारले कार्य गरिरहेको वताउनु भयो । त्यसैगरि इन्धन भंडारण क्षमतालाई सरकारले विस्तार गर्ने कार्यलाई अगाडी बढाई सकेको जानकारी गराउनु भयो ।

डिजेल पेट्रोल ग्यांस लगायतका वस्तुहरु सामान्य अवस्थामा भित्रिइ रहेपनि लामो समयको वन्द तथा अभावका कारण त्यसलाई सामान्य अवस्थामा ल्याउन केही कठिनाइ भएकाले छिट्टै अवस्था सामान्य हुने वताउनु भयो ।

अनुगमनका नाउंमा भएका अव्यवस्थालाई स्वीकार गर्नुहुंदै आपूर्ति मन्त्री पुन:ले अनुगमन संयन्त्रलाई एकतृत, वैज्ञानिक र व्यवस्थित बनाउने कार्यमा आफूले कार्य गरिरहेको वताउनु
भयो ।

त्यसैगरि आपूर्ति मन्त्रीले नापतौलका विषयमा पनि मन्त्रालयले विशेष कार्य गरिरहेको स्पष्ट पार्नुहुंदै मन्त्री पुनले समग्रमा निजी क्षेत्रले उठाएका विषयहरुलाई छिट्टै महासंघसंग वसेर उपयुक्त निकास निकाल्ने विश्वास दिलाउनु भयो ।

For photos: https://www.facebook.com/media/set/?set=a.1168883559812660.1073741958.266553046712387&type=3&__xts__%5B0%5D=68.ARDR0630CaLuOoMhxFrzoUy_T7zCi-OEPZ1fHnvORK8-CD64U-Vl11zSQlgGQwChOwe-s3mONOEQIZetpz4HyOThXiB55Fnr0aSXiltG77-HanJ9vcoqdzdY1dhQAno-3FIw7949UvflrKwgPJQ86-WqtNQwIPEiFIPllOU2cT3dsOhBr15S3l0HSMimWQcaPiPvrpKmPT2MeoJ2DzYqytW4nSMlWGzSc-hcS_S-hJg4Ai3BZbx1J2nGNtypVehZ2X7Z5bzR7JgMwLMvLpFbaocFEnHLWIPF5i-HgpDUJd0iXXyDi-y6wd778i3WFtMoEcaPdjuPHIceUP7tg-0-eg&__tn__=-UK-R

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by