Dec 04, 2024
नेपाल चीन बिजनेस समिट - विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता (२०८१/०८/१९)

नेपालमा चिनियाँ लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिवद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो । 

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गईरहेको बताउनुभयो । उहाँले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गर्नुभयो । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउनुहुँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताउनुभयो । 



प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको बताउनुभयो । उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधै तत्पर रहेको बताउनुभयो । साथै उहाँले महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको प्रसंशा पनि गर्नुभयो । 



चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताउनुभयो । नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताउनुभयो । 

सिसिपिआइटीको मुख्यालय बेइजिंगमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताउनुभयो । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताउनुभयो । 

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउनुहुँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने बताउनुभयो । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताउनुभयो ।

चीन नेपालमा सबैभन्दा बढि लगानीको प्रतिवद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो ।

उहाँले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो । यसैगरी, उहाँले नेपालबाट बढिभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । 

यो समिटको दोस्रो संस्करण हो । महासंघ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक बर्षको अवधिमा व्यवसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराउनुभयो । महासंघको आग्रहमा सरकारले लगानी सम्बन्धी आठवटा कानुन संशोधन गरेको छ, सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भन्नुभयो, यसैगरी द्धिपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको छ । 

यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिंग भएको र उक्त रेटिंग दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि गराउनुभयो । यसले लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उहाँले बताउनुभयो । 

साथै उहाँले सीमा क्षेत्रको पुर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।



कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताउनुभयो । पछिल्लो समय पर्यटन पूर्वाधारहरु जस्तै केवलकार, थिम पार्क, रिसोर्ट लगायतमा विदेशी लगानीको बढि सम्भावना देखिएको उहाँले बताउनुभयो । नेपाल चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउनुहुँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो । 

लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरिय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक जना सदस्यका नाताले मुलकभित्र व्यवसायिक वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता पनि अध्यक्ष ढकालले जनाउनुभयो । 



उहाँले महासंघमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिवद्धता पनि जनाउनुभयो ।

चीनले यही डिसेम्बर एकदेखि आफ्नो कुटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरुलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गर्नुभयो । 



सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउदै समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताउनुभयो । 

उहाँले महासंघ र सिसिपिआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि जानकारी गराउनुभयो ।



लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउनुहुँदै नेपालमा चिनिया लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताउनुभयो । 



महासंघको वैदेशिक लगानी एवं अन्तराष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गर्नुभएको थियो । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उहाँले बताउनुभयो । 

समिटमा १२० जना चिनिया व्यवसायीहरुको सहभागिता रहेको थियो । नेपालका तर्पmबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरुको समेत सहभागिता थियो । उक्त समिटभन्दा पहिले बिजनेस टु बिजनेस वैठक पनि राखिएको थियो ।



महासंघले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो । यस अघि बेइजिंग, नयाँ दिल्ली र दुवईमा महासंघका साझेदार संस्था सिसिपिआइटी, कन्फिडरेसन अफ इन्डियन इण्डष्ट्रिज र दुवई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो ।


Nepal-China Business Summit
Government and private sector commit to continuous reforms to attract foreign investment

 
The government and private sector have committed to continuous reforms to attract foreign investment, including Chinese investment, in Nepal. During Prime Minister KP Sharma Oli's visit to China, the Nepal-China Business Summit was jointly organised by the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), the China Council for the Promotion of International Trade (CCPIT), and the Embassy of Nepal in China. The summit emphasised policy and procedural improvements while advocating for investment expansion and trade facilitation.

The summit, aimed at promoting bilateral trade, developing the tourism sector, and attracting Chinese investment in Nepal, was graced by Prime Minister KP Sharma Oli as the chief guest. He highlighted that the investment climate in Nepal is improving and urged investors to explore opportunities in the country. Acknowledging the historical ties between Nepal and China, he emphasised that these mutual relations have fostered economic development.

Prime Minister Oli underlined the priority given to cooperation between the government and the private sector in fostering a conducive business environment. He described the private sector as the backbone of the economy and reiterated the government’s commitment to protecting both domestic and foreign investments. Additionally, he commended FNCCI for its initiatives in promoting investment, tourism, and exports internationally.

While acknowledging China as Nepal's largest investor and second-largest trade partner, he expressed concern over the trade deficit between the two countries. Highlighting the market potential for Nepali agricultural products in China, he called for efforts to facilitate trade.

Speaking at the summit held at CCPIT headquarters in Beijing on Wednesday, Chinese Vice Minister of Commerce Ling Ji noted the long-standing relations between China and Nepal and the increasing economic activities. He mentioned China’s growing investments in Nepal and assured further expansion in the future.

Vice Minister Ji pointed out that China is Nepal's second-largest trade partner and committed to facilitating transit for Nepal to trade with other countries via Chinese routes. He mentioned that Nepal would benefit from China’s decision to provide duty-free access to products from least developed countries starting December.

China is Nepal’s largest committed investor and the second-largest in actual investments. Vice Minister Ji expressed China's willingness to collaborate with Nepal in tourism and agriculture and suggested encouraging more airline companies to expand services between the two countries.

This is the second edition of the summit, following a similar one organised in September 2023. FNCCI President Chandra Prasad Dhakal, addressing the summit, outlined the initiatives taken to improve the business environment over the past year. He highlighted that, at FNCCI's request, the government had amended eight investment-related laws and prepared a bilateral investment agreement draft.

Dhakal also announced Nepal's first credit rating, ranking second-best in South Asia after India, which he said had created a secure environment for investors. He emphasised the need for proactive government and private sector efforts to enhance border infrastructure and establish direct flights between China and Nepal at Bhairahawa and Pokhara airports.

Dhakal highlighted ample investment opportunities in hydropower, tourism, manufacturing, and IT-enabled services in Nepal. He noted that tourism infrastructure, such as cable cars, theme parks, and resorts, has significant potential for foreign investment. Stating that Nepal is an attractive destination for Chinese tourists, he urged the Chinese government to prioritise Nepal in its tourism agenda.

FNCCI's request led to the formation of a High-Level Economic Reform Commission, and FNCCI President Dhakal, as a member, pledged to work towards enhancing the domestic business environment. He assured continued support for investors through FNCCI’s FDI Help Desk.

Dhakal welcomed China’s announcement to provide duty-free facilities to products from least-developed countries, effective December.

CCPIT Vice President Zhang Shaogangrecognised FNCCI as a longstanding partner and emphasised the summit's importance in boosting bilateral trade. He assured CCPIT's cooperation in increasing Chinese investments in Nepal and importing Nepali products. He also announced upcoming economic partnership programmes in collaboration with FNCCI.
Investment Board Nepal CEO Sushil Gyawali highlighted Nepal's investment potential and the board’s role in facilitating Chinese investments.

Manoj Paudel, Chairperson of FNCCI’s Foreign Investment and International Relations Forum, identified opportunities in hydropower, tourism infrastructure, manufacturing, and services in Nepal. He noted that Nepal’s abundant natural resources and young workforce provide a comparative advantage.

The summit saw the participation of 120 Chinese entrepreneurs and around 50 Nepali entrepreneurs representing FNCCI, the Confederation of Nepalese Industries, and Nepal Chamber of Commerce. High-ranking officials from both governments also attended, along with members of the Prime Minister's delegation. A business-to-business meeting was held prior to the summit.

This was the fourth international summit organised by FNCCI in the past 18 months. Similar conferences were previously held in Beijing, New Delhi and Dubai in collaboration with CCPIT, Confederation of Indian Industry, and Dubai Chambers.


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by