Oct 29, 2024
प्रमुख जिल्ला अधिकारीलाई उद्योग वाणिज्य संघ–चितवनमा स्वागत

१३ कार्तिक, भरतपुर

उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय चितवनका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले विगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध जिल्ला प्रशासन कार्यालय लगायत जिल्लाका सम्पूर्ण  सरकारी कार्यालयहरूस“ग सुमधुर रहदै आएको बताउँदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत गर्नुहुँदै अध्यक्ष श्रेष्ठले संघको सङ्क्षिप्त जानकारी दिंदै चितवन जिल्लाको आर्थिक समाजिक एवम् समग्र विकासका लागि सबै निकायहरूस“ग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यसै वर्ष चितवन महोत्सव–२०८१ आयोजना गर्न लागेको जानकारी गराउँदै सफल पार्न प्रमुख जिल्ला अधिकारीज्यू बाट सहयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रकास पौडेलले स्वागत एवम् परिचय कार्यक्रम आयोजना गरि यहाँका उद्योगी व्यवसायीहरु सँग परिचय गर्ने अवसर प्रदान गरेकोमा संघ प्रति आभार व्यक्त गर्दै उहाँले चितवन आर्थिक सामाजिक एवम् रणनीतिक हिसावले महत्वपूर्ण जिल्ला भएको बताउँदै यहाँको सुरक्षाका प्रदानको विषयमा प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष रमेशकुमार पियाले नवआगन्तुक जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीज्यूलाई कार्यकाल सफलताको शुभकामना दिंदै उहाँले पार्किङ्ग व्यवस्थापन एवम् सहजिकरणका लागि सहयोग गर्न प्रमुख जिल्ला अधिकारीज्यूको ध्यानार्कषण गर्नुभयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष देशीराम प्रधान, रमेशकुमार पिया, संघका उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत ४० जनाको उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता तथा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त स्वागत कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by