Press Release
-
महासंघका अध्यक्ष राणा र ओवीओआर प्रतिनिधिमण्डल बीच महासंघ सचिवालयमा भेटवार्ता (मिति: २०७४/१२/५) | Posted on : March 19, 2018
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा समक्ष नेपाल भ्रमणमा आएको ओवीओआर व्यापार तथा लगानी सम्बन्धी चिनियाँ प्रतिनिधिमण्डलले महासंघ सचिवालयमा आज भेटवार्ता गर्यो । ओवीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्मका संस्थापक शू या (Ms. Shu Ya, Founder, OBOR International Trade and Investment Platform) को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा नेपालको आर्थिक तथा व्यवसायिक विकासमा ओवीओआरका तर्फबाट सहयोग गर्न आफूहरु तत्पर रहेको प्रतिवद्धता जनाएको छ । -
प्रधानमन्त्री समक्ष एफएनसीसीआई र सीआईआईका अध्यक्षद्वारा भेट (२०७४/१२/४) | Posted on : March 18, 2018
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल भ्रमणमा आउनु भएकी भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII) का अध्यक्ष एवं अपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडका कार्यकारि उपाध्यक्ष सोबना कामिनेनी(Ms. Shobana Kamineni President, CII (2017-18) & Executive Vice Chairperson, Apollo Hospitals Enterprise Limited) को प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्यो । भेटवार्तामा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल पनि सहभागी हुनुहुन्थ्यो । -
एफएनसीसीआई-सीआईआई जेइसी बैठक काठमाडौंमा सम्पन्न (२०७४/१२/३) | Posted on : March 17, 2018
नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry - CII) बीच गठित संयुक्त आर्थिक परिषद (FNCCI-CII Joint Economic Council - JEC) को बैठक हिजो काठमाडौंमा सम्पन्न भयो । -
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा अवलोकनकर्ताको घुइँचो मेलामा भाग लिन आएको चिनियाँ प्रतिनिधिमण्डलबाट महासंघ पदाधिकारीसँग भेटवार्ता (२०७४/११/२६) | Posted on : March 10, 2018
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ को अवलोकन गर्नेहरुको भिड आज अत्याधिक रह्यो । भदौ २४ गते देखि शुरु भएको मेलाको तेस्रो दिन आज करिव ५० हजारले मेलाको अवलोकन गर्नुको साथै करिव ३ करोडको व्यवसायिक कारोवार भएको वुझिएको छ । -
महासंघको रिक्त जिल्ला/नगर उपाध्यक्षमा किशोर प्रधान निर्वाचित (२०७४/११/२५) | Posted on : March 09, 2018
नेपाल उद्योग वाणिज्य महासंघको आज महासंघ सचिवालयमा सम्पन्न उद्योग वाणिज्य संघ समूहको विशेष सभाबाट महासंघमा रिक्त जिल्ला/नगर उपाध्यक्ष पदमा उद्यमी किशोर कुमार प्रधान निर्वाचित हुनुभएको छ । -
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ को सम्माननीय प्रधानमन्त्रीबाट समुद्घाटन अव मुलुकमा कसैले पनि भोकले मर्न नपर्ने, त्यसको जिम्मा सरकारले लिने प्रधानमन्त्रीको उद्घोष (२०७४/११/२४) | Posted on : March 08, 2018
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि काठमाडौंमा शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको मेलाको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष समारोहका बीच समुद्घाटन गर्नुभयो । नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह-आयोजना मेला आयोजना भएको हो । -
चिनीयाँ व्यवसायिक प्रतिनिधिमण्डल महासंघ सचिवालयमा महासंघ र चीनको लिन्यी ट्रेड सीटी एड्मिनिष्ट्रेटिभ कमिटी बीच समझदारी पत्रमा हस्ताक्षर (२०७४/११/२३) | Posted on : March 07, 2018
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासँग चीनको लिन्यी सीटी सीपीपीसीसी का उपाध्यक्ष ली चोङताओ (Mr Li Zongtao, Vice-Chairman of Linyi Committee of the CPPCC & Director of Linyi Trade City Administrative Commission) को नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलले आज महासंघ सचिवालयमा भेटवार्ता गर्यो । -
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ को तयारी अन्तिम चरणमा (२०७४/११/२२) | Posted on : March 06, 2018
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गर्न लागिएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेला फागुन २४ देखि २८ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा हुँदैछ । नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा हुने मेलाको विशेष समारोहका बीच फागुन २४ गते, बिहीवार, सम्माननीय प्रधानमन्त्रीज्यूबाट समुद्घाटन हुने कार्यक्रम छ । -
महासंघको प्रतिनिधिमण्डलद्वारा नवनियुक्त अर्थ र उद्योग मन्त्री समक्ष भेटवार्ता (२०७४/११/१५) | Posted on : February 27, 2018
समृद्धिको मूल आधार भनेकै निजी क्षेत्र, स्वदेशी विदेशी दुवै लगानीलाई प्राथमिकता दिने – अर्थ मन्त्री औद्योगिक विकासमा निजी क्षेत्रसँगको सहकार्य आफ्नो पहिलो प्राथमिकता – उद्योग मन्त्री -
नेउवामहासंघद्वारा प्रादेशिक आर्थिक बहस कार्यक्रम शुरू प्रदेश नम्वर ४ को पोखरामा कार्यक्रम सम्पन्न (२०७४/११/१४) | Posted on : February 26, 2018
निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले मुलुकका सात वटै प्रदेशभित्र आर्थिक बहस कार्यक्रम आयोजना गर्ने आफ्नो योजना अनुसारको पहिलो कार्यक्रम प्रदेश नम्वर ४ को मुकाम पोखराबाट प्रारम्भ गरेको छ । पोखरामा आयोजित प्रादेशिक आर्थिक बहस कार्यक्रमको संघीय गणतन्त्र नेपालको प्रदेश नम्वर ४ का मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले एक विशेष समारोहका बीच समुद्घाटन गर्नुभयो ।
© Copyright 2005-2018 . All Rights Reserved. FNCCI.