Jun 09, 2017
सवारी व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया सम्पन्न
हेटौंडा, २६ जेष्ठ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा बजार क्षेत्रमा सवारी व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायसँग अन्तक्र्रिया गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको अन्तक्र्रियामा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीले हेटौंडा बजार सुन्दर भए स्थानीय नागरिक लाई नै फाईदा पुग्ने  र आफू कार्यान्वयन गराउने निकाय भएको हुनाले सुन्दर हेटौंडा बनाउन स्थानीय नागरिक, राजनैतिक दल, स्थानीय तहबाट आफूले सुझावको अपेक्षा गरेको बताएका छन् । अन्तक्र्रियामा नगरका केही वडाहरुबाट सवारी व्यवस्थापनका लागि सुझाव समेत आईरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताएका छन् । 

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका वि के महर्जनले नगर कार्यपालिकाले सवारी व्यवस्थापनका लागि योजना बनाईसकेको र हाल जनप्रतिनिधि समेतको चयन भैसकेको अवस्थामा सुन्दर हेटौंडा बनाउन अब अझ सहज हुने धारणा व्यक्त गरेका छन् । नगरमा चल्ने इरिक्सा, अटोहरुको हकमा जनसंख्या तथा सडकको अवस्थाको आधारमा उपमहानगरपालिकाले सिफारिस गरेको संख्या भन्दा यातायात कार्यालयमा दर्ता भई बढी आएकोले पनि हाल सवारी व्यवस्थापनमा केही कठीन भएको महर्जनले जीकिर गरेका छन् । हेटौंडा बजार क्षेत्रमा ट्राफिक बत्ती, एकतर्फी सडक, रोड डिभाइडर जस्ता सवारी व्यवस्थापन गर्न नगर कार्यपालिका सम्बन्धित निकायसँग सहकार्य गर्न तयार रहेको महर्जनले बताएका छन् । 

अन्तक्र्रियामा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, सचिव उज्वल चौलागाई, दिवस पराजुली, सदस्य काव्यमणी अधिकारी, अनिल अग्रवाल, छतेन्द्र आचार्य, रवीन्द्र घिमिरे लगायत उद्योगी–व्यवसायीहरु    को उपस्थिति रहेको थियो । 

ट्राफिक प्रहरीका अनुसार केही बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुका लागि सवारी पार्किङ्ग स्थल नभईदिंदा पनि सवारी अनुगमनमा असर गरेको र हेटौंडा बजार क्षेत्रमा ईरिक्सा ६५०, अटो ५००, ठूला सवारी वर्कशप १४५, मोटरसाईकल वर्कशप ४७५, होटल तथा लज १७५ सञ्चालनमा रहेको बताएको छ ।  अन्तक्र्रियामा सहभागिहरुले सवारी व्यवस्थापनका लागि सुझाव, गुनासो व्यक्त गरेका थिए । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by