May 31, 2017
 नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुसंग महासंघ सचिवालयमा छलफल (२०७४/०२/१७)
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाली सेनाका शिक्षार्थी अधिकृतहरु बीच आज महासंघ सचिवालयमा एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरियो । सो अवसरमा महासंघका महानिर्देशक सुरेश मान श्रेष्ठ र निर्देशक मीना श्रेष्ठले महासंघको मिसन, भिजन, उद्देश्य मुलुकको आर्थिक व्यवसायिक विकासमा निजी क्षेत्रको भूमिका विषयमा जानकारी गराउनुभयो । 

उक्त कार्यक्रममा नेपाली सेनाका अधिकृत तथा महासेनानीहरुबाट राष्ट्र निमार्णमा निजी क्षेत्र एवं महासंघको भूमिका, अन्तराष्ट्रिय सम्बन्ध, बेरोजगारी समस्याप्रति महासंघको चासो, श्रमिकको पारिश्रमिक एवं समस्या, बैदेशिक रोजगारी, रुग्ण उद्योगको विषयमा महासंघको धारणा एवं प्रयास, व्यापार घाटा लगायतका विषयमा जिज्ञासाहरु राख्नु भएको  थियो । 

उक्त जिज्ञासाहरुलाई संबोधन गर्नुहुँदै महानिर्देशक श्रेष्ठले महासंघ निजी क्षेत्रको छाता संगठन भएकोले राष्ट्रको आर्थिक बृद्धिमा महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । महानिर्देशक श्रेष्ठले असल श्रम सम्बन्ध स्थापना गर्न महासंघले सरकार र ट्रेड यूनियनहरुसंग सहकार्य गरिरहेको, वैदेशिक रोजगारिमा जानेको संख्या न्यूनिकरण गर्न एवं स्वदेशमै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्र प्रयासरत रहेको समेत स्पष्ट पार्नुभयो । 

शिक्षर्थी नेपाली सेनाका महासेनानी हेमराज के.सी. ले महासंघसंग भएको छलफल सेनाका अधिकृतहरुका लागि निकै महत्वपूर्ण रहेको निजी क्षेत्रका बारेमा जान्ने मौका प्राप्त भएको, मुलुक भित्र शान्ति स्थायित्वको सुनिश्चितना गरी आर्थिक विकासको अभियानमा सरकार तथा निजी क्षेत्रलाई साथ दिन नेपाली सेना क्रियाशील रहेको स्पष्ट पार्नुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by