May 26, 2017

नेपाल उद्योग वाणिज्य महासंघको विधानत विभिन्न परिषद, समिति र फोरमहरुको गठन गरिएको छ । महासंघको विधानत गठन हुनुपर्ने परिषद, समितिहरु मध्ये हालसम्म वस्तुगत र रोजगारदाता परिषद र पन्ध्रवटा विषयगत समितिहरु गठन भएका छन् । 

नवगठित वस्तुगत परिषदको सभापतिमा उपाध्यक्ष उमेशलाल श्रेष्ठ, रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष चन्द्र प्रसाद ढकाल हुनुहुन्छ भने रोजगारदाता परिषदको उपसभापतिमा कार्यकारिणी समितिका सदस्य भरतराज आचार्य मनोनित हुनुभएको छ । वस्तुगत परिषद्को उपसभापतिमा उद्यमी सुमित केडीया र लोकनाथ गैरेलाई मनोनित गरिएको छ ।

त्यसैगरि अञ्जन श्रेष्ठको सभापतित्वमा उद्योग समिति, संदिप कुमार अग्रवालको सभापतित्वमा व्यापार समिति, निरक केसीको सभापतित्वमा घरेलु तथा साना उद्योग समिति, कमला श्रेष्ठको सभापतित्वमा महिला उद्यमी विकास समिति, अशोककुमार टेमानीको सभापतित्वमा स्थल यातायात तथा पारवहन समिति, अशोककुमार तोदीको सभापतित्वमा कर तथा राजस्व समिति, ज्योत्साना श्रेष्ठको सभापतित्वमा पर्यटन तथा हवाई यातायात समिति, दिल सुन्दर श्रेष्ठको सभापतित्वमा व्यापार मेला समिति, मनिषकुमार अग्रवालको सभापतित्वमा निर्यात व्यापार प्रवद्र्धन समिति, कृष्णप्रसाद शर्माको सभापतित्वमा स्थानीय आर्थिक विकास समिति, ओम राजभण्डारीको सभापतित्वमा शहरी विकास समिति गठन गरिएको छ । 

त्यस्तै सुकुन्तलाल हिराचनको सभापतित्वमा उर्जा तथा वातावरण समिति, शौरभ ज्योतिको सभापतित्वमा बैंक, वित्तिय तथा विमा समिति, ई. विनोद ढकालको सभापतित्वमा सूचना तथा संचार प्रविधि विकास समिति र गोपाल खनालको सभापतित्वमा शिक्षा तथा सिप विकास समिति गठन गरिएको छ । 

साथै अजय मुडभरीको संयोजकत्वमा द्विराष्ट्रिय एवं गैह्र आवासीय नेपाली फोरम र जय प्रसाद शिवाकोटीको संयोजकत्वमा सामाजिक सेवा फोरम गठन गरिएको छ ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by