May 21, 2017
ओमनका लागि नवनियुक्त  नेपाली राजदुत समक्ष महासंघ सचिवालयमा भेटवार्ता (२०७४/०२/०७)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारीहरु र ओमनका लागि नव नियुक्त नेपाली राजदुत शर्मिला पराजुली ढकाल बीच महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो । आफ्नो कार्यभार सम्हाल्न त्यसतर्फ जानु अघि नेपाली उद्यमी व्यवसायीहरुसंग आज महासंघ सचिवालयमा आयोजित भेटवार्तामा नेपाल र ओमन बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका विषयमा छलफल भयो ।

सो अवसरमा महासंघका अध्यक्ष राणाले नवनियुक्त राजदुत ढकालको महासंघ सचिवालयमा स्वागत गर्नुहुदै आपसी आर्थिक सम्बन्धलाई थप मजवुद बनाउन र आर्थिक कुटनीतिमा विशेष जोड दिनु भयो । सो अवसरमा भएको छलफलमा नेपाल ओमन बीचको व्यापार, लगानी विस्तार, व्यवसायिक भ्रमणको आदान प्रदान लगायतमा जोड दिइयो । 

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समिति सदस्यहरु कमला श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, लंकमान रोक्का, टंक दुलाल, रामशरण थपलिया र जयप्रसाद शिवाकोटी उपस्थित रहनु भएको सो भेटवार्तामा नव नियुक्त राजदुत ढकालले महासंघसंगको भेटवार्ता आफ्ना लागि निकै महत्वपूर्ण रहेको र आफ्नो कार्यकालमा निजी क्षेत्रसंग नजिकमा रहेर कार्य गर्ने बताउनु भयो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by