Mar 17, 2017
Managing Quality in Nepal A directory of service for SMEs को विमोचन (२०७३/१२/४)

नेपाल उद्योग वाणिज्य महासंघले विश्व व्यापार संगठनको प्राविधिक अंगको रुपमा रहेको संस्था International Trade Centre - ITC  र गुणस्तर निर्माण, विकासमा विश्वभरी प्रख्यात जर्मनीको संस्था Physikalisch-Technische Bundesanstalt - PTB  को सहयोगमा तयार पारेको Managing Quality in Nepal, A directory of services for SMEs को एक समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा हालै बिमोचन गरियो । 

महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबावु पुडासैनी, खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कुमार कर्ण, बरिष्ठ फुड टेक्नोलोजिष्ट डा. देवभक्त शाक्य र महासंघका नि. महानिर्देशक मीना श्रेष्ठले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो । सो अवसरमा महासंघका अध्यक्ष मुरारकाले आइटीसी र पीटीबीसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुंदै गुणस्तरीय बस्तु उत्पादन गर्न र पैठारी गर्न यो प्रकाशन थप सहज र सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

गुणस्तर सम्बन्धी कार्य विभिन्न सरकारी एवं निजी क्षेत्रबाट भइरहेकोमा यस सम्बन्धी कुराहरु एउटै पुस्तकमा समेटिएकाले उद्योगी, व्यवसायी र नीति निर्मातालाई समेत पुस्तक महत्पूर्ण हुने कुरा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक पुडासैनीले व्यक्त गर्नुभयो ।
 
नेपालमा Standard, Technical Regulations, Sanitary and Phytosanitary measures, Testing service, Certification, Metrology, Accreditation, Food safety, Animal heath, Plant health लगायतका सम्बन्धमा विभिन्न निकायहरुबाट भइरहेका कार्य र प्रक्रियाका सम्बन्धमा जानकारी एउटै पुस्तकमा पाउदा खुसि लागेको खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कुमार कर्णले ब्यक्त गर्नु भयो । 

सो अवसरमा पीटीबीका संयोजक पुनम थापाले शुभकामना दिंदै पुस्तकबाट खासगरि उद्यमी व्यवसायी तथा गुणस्तर क्षेत्रमा काम गर्नेहरुका महत्वपूर्ण सन्दर्भ सामग्री हुने स्पष्ट पार्नुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by