Apr 16, 2017
कांग्रेस सभापति र प्रधानमन्त्री समक्ष महासंघको प्रतिनिधिमण्डलद्वारा भेटवार्ता (२०७४/०१/०३)

नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष आज उहांको निवासस्थान बुढानिलकण्ठमा भेटवार्ता गर्यो । 

त्यसअघि महासंघको प्रतिनिधिमण्डलले चैत्र ३१ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता गरेको थियो । 



महासंघका नयां अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु प्रमोद श्रेष्ठ (जिल्ला नगर), उमेशलाल श्रेष्ठ (वस्तुगत), चन्द्र प्रसाद ढकाल (एसोसिएट), कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डललाई सो अवसरमा प्रधानमन्त्री दाहालले बधाई दिनु हुंदै कार्यकालको सफलताको कामना गर्नुभयो ।



दुवै भेटवार्तामा महासंघका अध्यक्ष राणाद्वारा मुलुकभित्र औद्योगिक व्यवसायिक वातावरण निर्माणका लागि आग्रह गर्नुभयो । अध्यक्ष राणाले अव ढिलो नगरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडी बढाउन आग्रह गर्दै निजी क्षेत्र सरकारलाई साथ दिन तयार रहेको विश्वास दिलाउनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by