- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Member Press Release
- पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित व्यवसाय व्यवस्थापन तालीम समापन - सामान्य परिवर्तनले पनि व्यवसाय बिस्तारमा सघाउँछ | February 13, 2019
- पोखरा उद्योग वाणिज्य संघ ६५ औँ वर्षमा प्रवेश - अध्यक्ष अधिकारीद्धारा निजी क्षेत्रविरुद्ध हुने गतिविधीप्रति सचेत रहन आग्रह | February 08, 2019
- ब्याजदर घटाउन पोखरा उद्योग वाणिज्य संघको माग | February 06, 2019
- वैंक तथा वित्तिय संस्थाहरुबाट एकतर्फि रुपमा भएको व्याजदरको बृद्धी प्रति उद्योग वाणिज्य संघ-चितवनको गम्भिर ध्यानाकर्षण | February 05, 2019
- कोरियन प्रशिक्षकहरुको स्वागत तथा छलफल | February 03, 2019
लेखनाथ उद्योग वाणिज्य संघद्धारा दमक उद्योग वाणिज्य संघका भ्रमण टोलीलाई स्वागत
March 26, 2016

विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आईपुगेको दमक उद्योग वाणिज्य संघको भ्रमण टोलीको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले स्वागत तथा छलफल कार्यक्रम आयोजना गऱ्यो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको सभापतित्वमा आयोजना गरिएको सो स्वागत कार्यक्रममा अध्यक्ष त्रिपाठीले संघका गतिविधिहरु, संघका आय आर्जन, भावि कार्यक्रम, संघद्धारा संचालन गरिएका कार्यक्रम लगायतमा संघले खेलेको भुमिकाको वारेमा चर्चा गर्नुभएको थियो भने भ्रमण टोलीनेता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईले भ्रमणको उद्देश्य र संघका क्रृयाकलापहरुका वारे चर्चा गर्नु भएको थियो ।
संघको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत बिकास, सचिवालय व्यवस्थापन, मेला महोत्सव, एक जिल्ला एक उत्पादन कार्यक्रम, स्थानिय बिकास कार्यक्रम, लगायत विभिन्न कार्यक्रम, उद्योग वाणिज्य संघहरुको स्थायी आर्थिक श्रोत जस्ता विषयमा छलफल केन्द्रित रहेको थियो
लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वावुराम गिरी, दुवै संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले यस किसिमको भ्रमण कार्यक्रमले दुई संघ विचको सम्वन्ध अझ प्रगाढ हुदै जाने र व्यवसायीक विकासमा टेवा पुग्ने वताउनु भएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघकाउपमहासचिव भरतकुमार अधिकारीले संचालन गर्नु भएको सो कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघका द्धतीय उपाध्यक्ष वलराम ढकाललेले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
© Copyright 2005-2019 . All Rights Reserved. FNCCI.