May 03, 2019
सार्क उवासंघ प्रतिनिधिमण्डलबाट प्रधानमन्त्री र परराष्ट्र मन्त्री समक्ष छुट्टाछुट्टै भेटवार्ता - सिंगो दक्षिण एशियाको समृद्धिमा हाम्रो प्रयास हुनुपर्छ–प्रधानमन्त्री  (२०७६।०१।२०)
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry) को ७७ औं बैठकमा भाग लिन काठमाडौंमा आएको संघका पदाधिकारी एवं यस क्षेत्रका उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास वालुवाटारमा औपचारिक भेटवार्ता गरेको छ । 

सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघे(Mr. Ruwan Edirisinghe, President SAARC CCI) को नेतृत्वमा संघका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ सहितको सार्कका उद्यमी व्यवसायीहरूको प्रतिनिधिमण्डललाई संवोधन गर्नुृहुंदै सम्माननीय प्रधानमन्त्री ओलीले सिंगो दक्षिण एशियाको समृद्धिमा यस क्षेत्रका राष्ट्रहरूको सामूहिक प्रयासमा जोड दिनु भयो । 


सिंगो दक्षिण एशियानै ज्ञान भूमी, तपोभूमी र प्राकृतिक स्रोत सम्पदाले भरिपूर्ण क्षेत्र भएकाले अव हामीले यस क्षेत्रलाई समृद्ध क्षेत्र, खुशी जनताको अभियानमा लैजानु पर्नेमा प्रधानमन्त्रीले जोड दिनु भयो । दक्षिण एशियाका व्यवसायिक नेताहरूलाई प्रधानमन्त्री ओलीले यूवा जनसंख्याले भरिपूर्ण यस क्षेत्रमा उद्यशीलता प्रवद्र्धन मार्फत रोजगारी सृजना गरी समृद्ध क्षेत्र, खुशी जनता बनाउने अभियानमा लाग्न आग्रह पनि गर्नुभयो । 

प्रधानमन्त्रीले हालै सम्पन्न लगानी सम्मेलनको समेत स्मरण गर्नुहुंदै अधिकांश जनता यूवा र काम गर्ने उमेर समूहका रहेका, लगानीका लागि समेत प्रचुर सम्भाव्यता र क्षेत्रहरू रहेकाले नेपालमा आएर लगानी गरि यस क्षेत्रलाईनै लाभान्वित बनाउन सार्कका व्यवसायीक नेताहरूलाई अपिल समेत गर्नुभयो । तपाईहरूको एकता र सहकार्यबाट यस क्षेत्रको समृद्धिमा आमूल परिवर्तन ल्याउन सकिन्छ, यस क्षेत्रमा रहेका प्रचुर सम्भाव्यतालाई उजागर गरी अन्तराष्ट्रिय लगानीलाई यस क्षेत्रमा आकर्षित गर्न आजैबाट पहल थाल्नुहोस–प्रधानमन्त्रीले भन्नुभयो । साथै प्रधानमन्त्रीले सार्क उवासंघको काठमाडौं कार्यक्रमको सफलताको कामना पनि गर्नुभयो । 

संघका अध्यक्ष रूवान इदरिसिंघे (Mr. Ruwan Edirisinghe, President SAARC CCI) ले दक्षिण एशिया आर्थिक विकासमा तीव्रतर रूपमा अगाडी बढ्दै गएकाले यस क्षेत्रको महत्व अगामी दिनमा अझ बढ्दै जाने भन्दै यस क्षेत्रको आर्थिक विकासका लागि सार्क उवासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिलाउनु भयो । नेपाल सहित सिंगो दक्षिण एशिया यतिखेर बाह्य लगानी आकर्षण सहित आर्थिक विकासमा तीव्रतर रूपमा अगाडी बढीरहेका भन्दै पछिल्लो पटक नेपालमा स्थिर सरकार सहित लगानीका लागि आवश्यक नीति कानूनहरूमा समेत आमुल परिवर्तन गरिएकाले वाह्य लगानी आकर्षण हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष रूवानले बताउनु भयो । 


कार्यक्रममा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले सार्क क्षेत्रको आर्थिक विकासका लागि संघको काठमाडौं बैठकबाट नया“ नया“ कार्यक्रम तय गरिएको जानकारी गराउनु भयो । सार्क क्षेत्रका राष्ट्रहरू बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन प्रवद्र्धन, कनेक्टीभिटीका विषयमा बैठकमा महत्वपूर्ण छलफल भएको पनि उहा“ले बताउनु भयो । 

संघका बरिष्ठ उपाध्यक्ष इफ्तिखार अलि मलिक (Mr. Iftikhar Ali Malik, Senior, Vice President, SCCI)  ले पनि संवोधन गर्नुभएको सो कार्यक्रममा संघका उपाध्यक्ष ढकालले बैठकले आगामी अक्टोवरमा नेपालमा अन्तरसिमा व्यापार तथा लगानी सम्बन्धी कार्यक्रम आयोजना गर्ने, सार्क सदस्य राष्ट्रहरू बीच पारस्पारिक सम्बन्ध विस्तारलाई मजवूद बनाउन भुटानमा सार्क गल्फ टुर्नामेन्ट आयोजना गर्ने, आगामी वर्षको मार्चमा श्रीलंकामा सार्क विजनेश लिडर कन्क्लेभको आयोजना गर्ने लगायतका कार्यक्रम तय भएको र यी सबै कार्यक्रमबाट यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्न जाने अपेक्षा गरिएको प्रधानमन्त्री समक्ष बताउनु भयो । 


त्यसैगरी प्रतिनिधिमण्डलले आजै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली समक्ष परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरी सार्क उवासंघको काठमाडौं बैठक तथा भावी कार्यक्रमका विषयमा जानकारी गरायो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by