Apr 29, 2019
महासंघका पूर्व अध्यक्ष ढकालबाट  नेपाल–ओमान आर्थिक सम्बन्ध विस्तार विषयमा भेटवार्ता  (२०७६।०१।१६)
नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले हालै गर्नुभएको ओमान भ्रमणका क्रममा ओमान चेम्बर (Oman Chamber of Commerce) का अध्यक्ष, ओमानका लागि नेपाली राजदूत र ओमानका उद्यमी व्यवसायीहरू समक्ष राजधानी मस्कटमा आपसी भेटवार्ता गर्नुभयो । 

भेटवार्ताका क्रममा पूर्व अध्यक्ष ढकालले नेपाल–ओमान आर्थिक सम्बन्ध विस्तार एवं सहकार्यका क्षेत्रका विषयमा छलफल गर्नुभयो । 



साथै भ्रमणका क्रममा पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य ढकालले ओमानस्थित श्रीलंकाली राजदूतावासमा जानु भई श्रीलंकामा हालै घटेको हिंसात्मक घटनाबाट मृत्यु हुनेहरूको सम्झनामा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै समवेदना प्रकट गर्नुभयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by