Apr 22, 2019
 
लेखनाथ, ०९ बैशाख

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यस क्षेत्रमा रहेका मासु तथा मासुजन्य पदार्थ विक्रि वितरण गर्दा नेपाल सरकार तथा प्रदेश सरकारको निति तथा निर्देशिका पालना गराई व्यवसायीक क्षमता अभिबृद्धि गर्ने उद्देश्य राखि सोमबार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा एक दिने छलफल कार्यक्रम सम्पन्न भयो ।

लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालको अध्यक्षतामा आयोजना गरिएको ऊक्त कार्यत्रममा मासु विक्रेताहरुले नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारको मासु विक्रीका लागि जारी भएको निति नियम अक्षरस पालना गरि लेखनाथ क्षेत्रमा स्वच्छ र सफा, गुणस्तरीय मासु विक्रीमा आफुहरु तत्पर रहेको हुदांँ सरकार र महानगरपालिकाले पनि अनधिकृत रुपमा संचालित मासु पसलहरुको नियमन गरि मापदण्ड पुरा गरि दर्ता प्रक्रियामा ल्याउन विशेष पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
 
उक्त छलफल कार्यक्रममा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पुर्व अध्यक्ष बावुराम गिरी लगायतले उपझोक्ताहरुको स्वास्थ्यमा ध्यान दिई गुणस्तरिय मासु वित्रि गर्नुपर्ने तथा सरकारी स्तरबाट पनि अनुगमन तथा मुल्याङ्कन कार्यान्वयमा जोड दिनुपर्ने कुरा बताउनुभएको थियो ।

त्यसै गरि इलाका प्रशासन कार्यालयका प्रमुख चित्राङ्गत बराल, घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख चक्रपाणी गौतम, पोखरा महानगरपालिका पशु सेवा शाखा प्रमुख शिव वाग्ले, भेटनरी अस्पताल विज्ञ केन्द्रका गोविन्दराज अधिकारी लगायतले व्यवसायमा देखा परेका समस्या समाधान गर्ने तर्फ सक्दो सहयोग गर्ने र बजार अनुगमनलाई तिब्रता दिने बताउनुभएको थियो ।

फ्रेस हाउस संचालक र उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सक्रिय सहभागिता रहेको ऊक्त कार्यत्रम संघका महासचिव भरतकुमार अधिकारीले संचालन गर्नुभएको थियो भने धन्यवाद मन्तव्य प्रथम उपाध्यक्ष छत्रधर आत्रेयले गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by