Apr 19, 2019
रोजगारदाता परिषद्का सभापति ढकाल र  डच रोजगारदाता कार्यक्रमका व्यवस्थापक बीच भेटवार्ता  (२०७६/०१/०६)
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालसँग डच रोजगारदाता सहयोग कार्यक्रम (Dutch Employers Cooperation Program-DECP) का देशिय व्यवस्थापक आन्द्रे (Country Manger Andrew Moore) ले आज महासंघ सचिवालयमा भेट गर्नुभयो । 

भेटका अवसरमा मुरेले आफ्नो संस्थाले रोजगारदाता संस्थाका गतिविधिहरूमा सहयोग पु¥याउने गरी काम गर्दै आएकोले महासंघसँग सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो । उहाँले रोजगारदातालाई Negotiation Skills and lobby and Advocacy तालीम कार्यक्रम आयोजना र प्रदेशको संरचना अनुसार प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकासमा पनि चासो व्यक्त गर्दै सहयोग गर्न सकिने पनि बताउनु भयो । दक्षिण एशियाली (South Asia Employers Forum-SAFE) को बैठक आगामी वर्ष नेपालमा हुने भएकाले सो बैठक आयोजना गर्नमा पनि डीइसीपीले सहयोग गर्ने बताउनु भयो । 

सो अवसरमा सभापति ढकालले नेपालको विद्यमान वस्तुस्थिति र श्रम सम्बन्ध लगायत रोजगारदाता स“स्थाको रूपमा महासंघले गरिरहेका कामबारे उल्लेख गर्दै महासंघ डीइसीपीस“ग काम गर्न तत्पर रहेको र डीइसीपीबाट महासंघका गतिविधि अघि बढाउन मद्दत पुग्ने कार्यक्रम उपलव्ध गराउन समेत अनुरोध गर्नुभयो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by