Apr 02, 2019
चितवनका महिला उद्यमीको भेटघाट तथा छलफल कार्यक्रम

चैत १९, चितवन ।

उद्योग वाणिज्य संघ-चितवनको एक टोलीले प्रदेश नं. ३ को राजधानि  हेटौंडाका विभिन्न सरोकारवाला मन्त्रालय र निकायहरु संग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

उद्योग वाणिज्य संघ-चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा गएको महिला उद्यमीको टोलिले उक्त भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो । भेटघाट तथा छलफल कार्यक्रमको अवसरमा सामाजिक विकास मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका तर्फबाट महिला उद्यमशिलता विकास, उत्पादन प्रबर्द्धन र महिला सशक्तिकरणका विषयमा प्रदेश नं. ३ का माननिय सामाजिक विकास मन्त्री युवराज दुलाल संग अवगत गराउंदै उद्यमशिलता विकासका लागि मन्त्रालयको सहयोग र सहकार्यका लागि अनुरोध गरेका थिए । छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले संघले महिला उद्यमशिलता विकासका लागि गरेका क्रियाकलापको बारेमा जानकारी दिंदै चितवन लगायत प्रदेश नं. ३ का महिलाहरुको प्रबर्द्धनका लागि सहकार्य गर्न माननीय मन्त्रीज्यूसंग अनुरोध गर्नु भएको थियो ।

उद्योग वाणिज्य संघ-चितवन महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले उद्योग वाणिज्य संघ-चितवनले निकट भविष्यमा महिला उद्यमी लगायत गृहणीहरुले उत्पादन गरेका उत्पादनहरुको एक प्रदर्शनी एवं विक्रिकक्षको स्थापना गर्न लागेको बताउंदै सो कार्यमा समन्वयकारी भुमिका एवं अभिभावकत्व गरिदिनुहुन माननिय सामाजिक विकास मन्त्रीज्यू समक्ष अनुरोध गर्नु भएको थियो ।

सामाजिक विकास मन्त्रालयमा भएको उक्त भेटघाट तथा छलफल कार्यक्रममा माननीय सामाजिक विकास मन्त्री युवराज दुलालले महिला उद्यमशिलता विकास र सशक्तिकरणमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले महिला विकासका सन्दर्भमा सञ्चालन गरिने कार्यक्रमहरु दुरगामी र लक्षित वर्गको दैनिक जिवनमा सुधार आउने खालको हुनु पर्ने बताउंदै सो सम्बन्धमा विस्तृत प्रस्ताव पेश गर्न अनुरोध गर्नुभएको संघका कार्यक्रम अधिकृत निलबहादुर के.सीले जानकारी दिनु भयो ।

मन्त्रालयमा भएको छलफल तथा भेटघाट कार्यक्रम पश्चात उक्त टोलीले मकवानपुर उद्योग वाणिज्य संघ र हस्तकला संघ मकवानपुरले सञ्चालन गरेको कोशेली घरको अवलोकन गर्नुका साथै मकवानपुर उवासंघमा भएको छलफल कार्यक्रममा समेत सहभागिता जनाएको थियो । कार्यक्रम पश्चात टोलीले  हेटौंडामा महिला उद्यमीहरु द्धारा सञ्चालित उद्योग, व्यवसाय लगायत औद्योगिक क्षेत्रका अध्ययन अवलोकन भ्रमण गरेको थियो । संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा गएको उक्त टोलिमा उद्योग वाणिज्य संघ-चितवन कार्यसमिति सदस्य रजनी मास्के, योगिता पिया, लक्ष्मी रिमाल पौडेल, कार्यक्रम अधिकृत निलबहादुर के.सी. को सहभागिता रहको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by