Mar 29, 2019
नयाँ सोच भएका नव उद्यमीलाई व्यवसाय गर्न सहयोग गर्ने तथा उद्यमशीलता विकासका कार्यमा संलग्न सरोकारवालाहरुको सञ्जाल विस्तार, विकास, र स्टार्टअप इकोसिस्टम संस्थागत गर्नमा सघाउने उद्देश्यले चितवनमा प्रथम विजनेस इन्क्युवेशन (I-Cube Chitwan) सेन्टरको सञ्चालन गर्न लागिएको सहर्ष जानकारी गराउन चाहन्छौं ।  यस ईन्कुवेसन सेन्टर नेपालमा काठमान्डौ उपत्यका भन्दा बाहिर पहिलो पटक स्थापना गरिएको हो भने व्यवसायिक संगठनहरुमा नेपालमा नै पहिलो पटक स्थापना गरिएको हो ।

उद्योग वाणिज्य संघ-चितवन, अन्तरप्रेरणा प्रा लि र नेपाल कम्युनिटर तथा प्रेसिडेन्सी कलेजको सहकार्यमा चितवनमा उद्यमशिलताको विकासको लागि इन्कुवेसन सेन्टरको स्थापना उद्योग वाणिज्य संघ-चितवनको सचिवालयमा गरिएको छ । उक्त कार्यक्रम स्थानीय उद्यमशिलता सँग सम्बन्धित स्थानीय संघ संस्था, फेडेरेशन, व्यवसायी तथा शैक्षिक संस्थाको सहकार्यमा गरिने छ। इन्कुवेसन सेन्टरले उद्यमीहरुको सशक्तिकरण र उनीहरुको व्यवसायलाई सहयोग गर्ने कार्य गर्ने छ । सो उद्देश्य प्राप्तीका लागि उद्यमीहरुलाई मेन्टर, लगानीकर्ता र सरोकारवालाहरुसम्म जोड्ने काम गर्दछ । साथै व्यवसायका लागि आवश्यक पर्ने विभिन्न तालीमहरुको समेत आयोजना गर्नेछ ।

आई क्युव चितवन अन्तर्गत आवेदन आव्हान गरिएकोमा २२ वटा आवेदन प्राप्त भएको थियो । प्राप्त आवेदनहरुलाई विभिन्न चरणको अन्तरवार्ता र छनौट प्रकृयाबाट ११ वटा फर्महरुलाई ६ महिनाको ईन्कुवेसन प्रकृयामा लगिनेछ । उक्त अवधिभर छानिएका ११ फर्महरुको व्यवसायिक बिकास, बजार बिस्तार, कानुनी तथा राजश्व परामर्श, व्यवसायिक सूचना, व्यवसायिक संजाल बृद्धि, लगानी व्यवस्थापन,  लगायतका अत्यावश्क पर्ने तालीम तथा ज्ञान प्रदान गरिनेछ । यस कार्यक्रम अन्तर्गत छानिएका चितवन जिल्लामा स्थापना भएका तपशिल बमोजिमका फर्महरु ईन्कुवेसन प्रकृयामा गएको जानकारी गराउदै मोफसलमा पहिलो पटक स्थापना गरिएको यस ईन्कुवेसन सेन्टरबाट लाभान्वित हुन सम्पूर्ण उद्योगी, व्यवसायी, उद्यमी बन्ने सपना बोक्नु भएका व्यक्तिहरुलाई हार्दिक आव्हान गर्दै सम्पूर्ण सरोकारवाला निकायहरुलाई ईन्कुवेसन सेन्टरलाई साथ र सहयोग पुर्याउनु भई यस क्षेत्रको उद्यमशलिता प्रबर्द्धन गर्ने कार्यमा सहभागी हुनुहुन उवासंघ-चितवन हार्दिक अनुरोध गर्दछौं ।

तपशिल
१।    बुक किनबेच
२।    फ्रम माई नेपाली फ्रेन्ड
३।    घुम्ती खाजा घर
४।    स्मार्ट होम एण्ड सेक्यूरिटी सोलुसन प्रा लि
५।    फ्रेन्ड एण्ड कम्पनी ब्रडिङि होम
६।    सेलकोथ टेक्नोलोजी प्रा लि
७।    मालपोत डट कम प्रा लि
८।    न्यूरे पशु बिकास फर्म
९।    उज्यालो ब‍जिुली
१०।    हाम्रो ईलोक्ट्रोनिक्स
११।    स्वस्तिक यूनिफर्म गार्मेन्ट प्रा लि

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by