Mar 22, 2019
उवासंघ चितवन टोली जिल्ला/नगर उवासंघहरूको अध्ययन अवलोकन भ्रमणमा

उद्योग वाणिज्य संघ चितवनको टोली जिल्ला÷नगर उद्योग वाणिज्य संघहरूको अध्ययन अवलोकन भ्रमणका लागि आज चितवनबाट प्रस्थान गरेको छ । बिभिन्न जिल्ल्लाका जिल्ला ÷नगर उद्योग वाणिज्य संघहरूमा भए गरेका गतिविधिहरूको विषयमा अनुभव आदान प्रदान गर्र्नेे उद्देश्यले भ्रमण कार्यक्रमको आयोजना गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघसंग आवद्ध संघहरू बीच संस्थागत एकता, व्यवसायिक एवं आपसी सम्बन्ध विस्तार तथा चितवन जिल्लाको पर्यटन प्रबद्र्धनका लागि समेत भ्रमण कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष सहनलाल प्रधानले बताउनु भयो । 

जिल्लाका पर्यटकीय स्थलहरूको जानकारी गराउनुकासाथै नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्ने सन्दर्भमा चितवन भ्रमणका लागि सबै जिल्लामा अपिल गर्नेे अध्यक्ष प्रधानले बताउनु भयो । भ्रमण टोलीलाई विदाई गर्नुहु“दै संघ उपाध्यक्ष भोजराज कौडालले यस किसिमको भ्रमणले उद्योग वाणिज्य संघहरू बीचको सम्बन्ध विस्तारका हुनुका साथै भावि दिनहरूमा कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्ने बताउनु भयो । 
५ दिने भ्रमणका क्रममा भक्तपुर,काभ्रे, धुलिखेल,चरिकोट, रामेछाप र सिन्धुली जिल्लाका उद्योग वाणिज्य संघहरूको भ्रमण गरिने संघका कार्यक्रम अधिकृत निलबहादुर के.सीले जानकारी दिनु भयो । संघका अध्यक्ष सहनलाल प्रधानको नेतृत्वमा रहेको भ्रमण टोलीमा संघका पदाधिकारीहरू, पूर्वअध्यक्षहरू, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरू, कार्यसमिति सदस्य लगायत २१ जना सदस्य रहेको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by