Mar 10, 2019

नेपाल विद्युत प्रधिकरणबाट विद्युत संकलन विनियमावली २०७३ अनुसार विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारि गरिएको विलबाट उद्योग व्यवसाय संचालनमा ठूलो समस्या पर्न गएको भन्ने गुनासोप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

उक्त विनियमावली अनुसार २० घण्टा वा सो भन्दा बढी समय ट्रङ्क प्रसारणबाट डेडिकेटेड सरहको प्रसारण सुविधा लिनका लागि छुट्टै सम्झौता गर्नुपर्ने व्यवस्था रहेकोमा सम्झौताविना विद्युत सेवा प्रवाहनै नगरि प्राधिकरणबाट एकै प्रकृतिको विद्युत सेवा लिनेहरूलाई फरकफरक दरमा महशुल असुल गरिंदा उद्योगी व्यवसायीको संविधानप्रदत्त हक समेत हनन हुन जाने भएकाले अविलम्व थप विलिङ नगर्न/नगराउन महासंघ अनुरोध गर्दछ । साथै वील जारी भैसकेको भए कार्यान्वयन नगराउन हुन समेत महासंघ माग गर्दछ ।

अतः माग बमोजिम नगरिएको खण्डमा दायित्व बहन गर्न नसक्ने बाध्यात्मक अवस्था उत्पन्न भई उद्योगहरु बन्द गर्न बाध्य हुने र परिणामस्वरूप मुलुकलाई ठूलो आर्थिक क्षति व्यहोर्नु पर्ने अवस्था उत्पन्न हुनेतर्फ पनि महासंघ नेपाल विद्युत प्राधिकरण/नेपाल सरकार समक्ष गम्भीर आग्रह गर्दछ ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by