Mar 02, 2019
लेखनाथ, १८ फागुन

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा व्युटिसियनहरुका लागि एक दिने UV Gel Nail Extension & Bridal Hair Do तालिम शनिवार सम्पन्न भयो ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं तालिम व्यवस्थापन समितिका सभापति जानुका अधिकारीको  अध्यक्षतामा आयोजना गरिएको ऊक्त कार्यत्रमका प्रमुख प्रशिक्षक तथा बरिष्ठ व्युटीसियन एवं पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङ्गले UV Gel Nail Extension & Bridal Hair Do सम्वन्धि तालिम प्रदान गर्नुभएको थियो ।

लेखनाथका करिव १०० जना व्यूटिसियनहरु उपस्थिति रहेको सो कार्यक्रममा वोल्दै लेखनाथ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष बलराम ढकालले लेखनाथ क्षेत्रमा रहेका व्युटिसियनहरु सवै एकजुट भई व्यवसायिक दक्षतामा ध्यान दिदै सफल व्यवसायी बन्नुपर्नेमा जोड दिनुका साथै आगामी दिनमा पनि यस्ता खालका तालिम आवश्यक भएमा संघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैगरि ऊक्त कार्यत्रममा संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पूर्व अध्यक्ष बावुराम गिरी, प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव भरतकुमार अधिकारी, व्यूटिपार्लर एशोसियसन कास्कीका अध्यक्ष कल्पना कोइराला लगायतका व्यक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रम संघका सदस्य एवं रुपकला व्युटिपार्लर एण्ड एकेडेमीका प्रोप्राइटर रुपकला श्रेष्ठले संचालन गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by