Feb 27, 2019

ताप्लेजुङ जिल्लाको पाथीभरा आसपास आज भएको एयर डाइनेष्टीको हेलिकप्टर दूर्घटनामा परी माननीय सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकृतहरू सहित सात जनाको दुःख निधन भएको खवरले नेपाल उद्योग वाणिज्य महासंघ स्तव्ध भएको छ । यस दूर्घटनाबाट मुलुकलाई अपुरणीय क्षति पुग्न गएको छ । महासंघ यस दूर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ ।

यस दुःखद घडीमा, दूर्घटनामा परी ज्यान गुमाउनु हुने व्यक्तित्वहरूको परिवारजनमा पर्न गएको असह्य पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दै महासंघ स्वर्गीय आत्माहरूको चीर शान्तिको कामना गर्दछ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by