Feb 24, 2019

निजी मोवाइल सेवा प्रदायक कम्पनी एनसेल टावर लक्षित फmागुन १० गतेको आक्रमण र सो आत्रमणबाट काठमाडौंमा एक जनाको दुःखद निधन भएको र केही घाइते समेत भएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ दुःख व्यक्त गर्दछ । महासंघ यस्ता आपराधिक कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछ ।

यस्ता घटनाले मुलुकलाई कतातर्फ लैजान्छ त्यसलाई गम्भीर भएर सोच्न महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउदछ । देशभित्र राजनीतिक स्थिरता कायम भई आर्थिक विकासको मार्गमा देश अगाडी बढने वातावरण बनिरहेको अवस्थामा भएका यस्ता आतंककारी घटनाले मुलुकलाई पुनःएकपटक झस्काएको छ । 

अतः यस्ता घटनामा संलग्न ब्यक्ति र समूहलाई तत्काल कानूनको कठघरामा ल्याई हदैसम्मको कारबाही गर्न नेपाल सरकार समक्ष गम्भीर आग्रह गर्दै उद्योग व्यवसायको वातावरण, देशभित्र शान्ति सुरक्षा र अमनचयनको प्रत्याभुति दिलाउन समेत महासंघ सरकार समक्ष माग गर्दछ ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by