Jan 20, 2019
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुखद्वयको विदाई तथा स्वागत 

२०७५ माघ ६ गते

मकवानपुर उद्योग वाणिज्य संघले जिल्लामा आउनु हुने नवआगन्तुक प्रमुखज्यूहरुको स्वागत तथा विदाई गर्ने परम्परागत कार्यक्रम अनुसार हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा नव आगन्तुक प्रमुख राजेन्द्र कडेलज्यूको स्वागत तथा भरखरै सरुवा भई जान लाग्नु भएका नेपाल भूषण वैद्यज्यूको विदाई कार्यक्रम एकैसाथ सम्पन्न गरेको छ ।

संघका अध्यक्ष कृष्ण कटुवालले एकै साथ स्वागत तथा विदाई गर्नु हुंदै कार्यक्रममा संघ र हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय विचको सम्वन्ध संधै समुधुर रहेको र आगामी दिनमा समेत रहने विश्वास व्यक्त गर्नु भएको छ । 

कार्यक्रममा नव आगन्तुक प्रमुख कडेलले संघको कार्यक्रम गर्ने परम्परा प्रति खुसि व्यक्त गर्नु हुंदै उद्योग विना विकास सम्भव नरहेको विकसित देशहरुमा प्रष्टै रहेको र यसले गर्दा आपसी सहयोगको लागि संस्थागत तथा व्यक्तिगत रुपमा आफुले सहयोग गर्ने वताउनु भएको छ ।

विदाई हुंदै जानेक्रममा प्रमुख नेपाल भुषण वैद्यले आफनो २ वर्ष ५ महिनाको कार्यकाल पूरा गर्दाको समयमा उद्योगको समस्या समाधान गर्न संघ विच संयूक्त पहल गरेको कुरा व्यक्त गर्नु भएको थियो । साथै वहाँले संघको वर्तमान कार्यसमितिको कार्यकालको सफलताको कामना समेत गर्नुभएको थियो ।

संघका महासचिव प्रमोदसिंह रानाभाटज्युले सञ्चालन गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष अनिल अग्रवाल, सचिवद्वय सन्तोष अर्याल तथा विष्णु गोपाल महर्जन, सह-कोषाध्यक्ष राधिका सामरी पाण्डे, कार्य समिति सदस्यहरु माधव ज्ञवाली, वाल कुमार मल्ल, कृष्ण प्रसाद ढुंगाना, भुपेन्द्र अधिकारी, निलम बैद्य, दिवस पराजुली, नरेन्द्र भण्डारी, कुल प्रसाद चौलागाई, राजाराम कार्कीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघको तर्फवाट वैद्यलाई मायाको चिनो प्रदान गर्दै विदाई तथा नव आगन्तुक कडेललाई खादा लगाएर स्वागत गर्नु भएको थियो । अन्तमा संघका उपाध्यक्ष गणेश भेटवालले औद्योगिक क्षेत्रमा उद्योग मैत्रि वातावरण वनाउनु पर्नेमा जोड दिनु् पर्ने तर्फ ध्यानाकर्षण गराउनु हुंदै यसको लागि संघ र औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय विच अझ प्रगाढ सम्वन्ध राख्ने समेत उहाँले वताउनु हुंदै कार्यक्रम समापन गर्नु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by