Jul 18, 2016

नेपाल चीन गैह्र सरकारी सहयोग मंचको तेह्रौं बैठक (13th China-Nepal Non-Governmental Cooperation Forum) चीनको Yu Zhong District को Chong Qing मा भोलिदेखि आयोजना हुंदैछ । अखिल चीन उद्योग वाणिज्य महासंघ (All-China Federation of Industry and Commerce-ACFIC) को आयोजनामा हुने उक्त बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गऱ्यो ।

प्रत्येक दुई वर्षमा आयोजना हुने मंचको बैठक नेपाल र चीनमा पालैपालो आयोजना हुंदै आएको छ । उक्त बैठक यसअघि महासंघको आयोजनामा नेपालमा आयोजना भएको थियो । चीनका लागि कार्यवाहक नेपाली राजदुत हरिशचन्द्र घिमिरेको पनि सहभागिता रहने बैठकमा नेपालको तर्फबाट महासंघका अध्यक्ष मुरारकाले र चीनको तर्फबाट अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष An Qiyi ले नेतृत्व गर्नुहुनेछ ।

महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघका उपाध्यक्ष शेखर गोल्छा, अन्तर्राष्ट्रिय एवं गैर आवासीय नेपाली लगानी प्रवद्र्धन समितिका सभापति चन्द्र प्रसाद ढकाल, महासंघको इनर्जी इफिसेन्सी एण्ड इन्भायरोमेन्ट फोरमका सह-संयोजक एवं नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष रामबहादुर श्रेष्ठ, महासंघका सहायक निर्देशक अरुण श्रेष्ठ लगायत हुनुहुन्छ ।

यस वर्षको बैठकमा दुई देश बीचको पर्यटन आदान प्रदान, नविनतम उर्जा विकास, हार्डवेयर, भवन निर्माण सम्बन्धी सामग्रीहरुको नविनतम प्रयोगका विषयमा विशेष छलफल हुनेछ । बैठकमा नेपाल र चीनका तर्फबाट ती विषयहरुमा कार्यपत्र समेत प्रस्तुत हुने कार्यक्रम छ । साथै बैठकका दौरान आपसी हितका विषयमा सहमतीपत्रमा हस्ताक्षर समेत हुने छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by