Jul 12, 2016
औद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक सम्बन्धी सरोकारवालाहरुसंग छलफल (२०७३/३/२८)

नेपाल सरकार उद्योग मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजनामा आज काठमाडौंमा औद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक सम्बन्धी छलफल कार्यक्रम आयोजना गरियो ।

उद्योग मन्त्री माननीय सोम प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको सो छलफल कार्यक्रममा संसदको उद्योग तथा उपभोक्ता हित संरक्षण समितिका सभापति भिष्मराज आङदम्वे, उद्योग मन्त्रालयका सचिव सूर्य सिलवाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्षहरु किशोर कुमार प्रधान, दिनेश श्रेष्ठ र शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, उद्योग मन्त्रालयका वरिष्ठ अधिकारीहरु, महासंघको कार्यकारिणी समितिका सदस्यहरु लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव यामकुमारी खतिवडाले औद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको विस्तृत जानकारी गराउनु भएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by