Jun 11, 2016

 

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको युनान प्रान्तको कुनमिङ शहर (Kunming, China) मा भोलिदेखि आयोजना हुने ११ औं चीन-दक्षिण एशिया व्यावसायिक फोरम बैठक (11th China–South Asia Business Forum) मा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्‍यो । महासंघबाट कुनमिङ बैठकमा नियमित रुपमा सहभागिता हुंदै आएको छ ।

प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघको व्यापार मेला समितिका सभापति केशवराज पाण्डे, सहसभापति मनिषलाल प्रधान, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठ, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष भीम बहादुर थापा क्षेत्री, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, निवर्तमान अध्यक्ष हेमरत्न शाक्य, उपाध्यक्ष सुरेन्द्र भाई शाक्य, धादिङ उद्योग वाणिज्य संघका रमेश भाई अधिकारी, भक्तपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजु मृगेन्द्र जोशी, महासंघका मेला समितिका सदस्य हरि बहादुर कार्की, धादिङ उद्योग वाणिज्य संघका कार्य समिति सदस्यहरु भीमसेन श्रेष्ठ, ईश्वर धरेल, गौतम सुवेदी, ललितपुर उवासंघका कार्य समिति सदस्य भूमीनन्दन कर्माचार्य, व्यवसायी सान्त्वना प्रधान, महासंघका सहायक निर्देशकद्वय विष्णुराज ढकाल र अरुण कुमार श्रेष्ठ, व्यवसायीहरु राजेन्द्र वज्राचार्य, अरुणमान जोशी, भुषणनाथ शर्मा, सुनिल शाक्य, सुरेश चिपालु हुनुहुन्छ । बैठकमा दक्षिण एशियाली राष्ट्रहरु तथा चीनबाट सरकारी तथा निजी क्षेत्रको सहभागिता रहने छ ।

बैठक अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीनियां परिषद (China Council for the Promotion of International Trade – CCPIT) को आयोजनामा हुन लागेको हो ।

उक्त बैठकको यस वर्षको मुख्य विषय Promote the construction of Silk Road Economic Belt and cooperation of Industry रहेको छ । बैठकमा चीन तथा दक्षिण एशिया बीच उद्योग, सेवा क्षेत्रका साथै उच्च शिक्षामा सहकार्य लगायतमा समेत छलफल हुनेछ । उक्त बैठकमा नेपालका तर्फबाट महासंघका वरिष्ठ उपाध्यक्ष राणाले Innovation in Science and Technology Leading the Future विषयमा भोली नेपालको निजी क्षेत्रको तर्फबाट धारणा राख्नु हुनेछ । उहांले आफ्नो संवोधनमा चीन-नेपाल बीचको आर्थिक व्यापारिक, प्रविधि आदान प्रदान तथा लगानीको सम्भाव्यता आदि समेटिएको मन्तव्य राख्नु हुने कार्यक्रम छ ।

भ्रमणकै क्रममा महासंघको प्रतिनिधिमण्डलले सोही स्थानमा आयोजना हुने चौथो चीन-दक्षिण एशिया व्यावसायिक सम्मेलन (4th China-South Asia Exposition) र २४ औं चाइना कुनमिङ आयात निर्यात वस्तु व्यापार मेला (24th vitality China Kunming Import and Export Commodities Fair) को समेत अवलोकन गर्नेछ ।

ती सवै कार्यक्रमहरुमा चीन तथा दक्षिण एशियाली राष्ट्रहरुका राष्टिय नेतृत्वहरु, सरकारी पदाधिकारीहरु, सार्क उद्योग वाणिज्य संघका पदाधिकारीहरु, सार्कका सदस्य देशका उद्योग वाणिज्य संघ/महासंघका पदाधिकारी प्रतिनिधिहरु लगायत प्रतिष्ठि उद्यमी व्यवसायीहरुको सहभागिता रहने मेलामा नेपालबाट करिव एकसय वटा स्टल मार्फत नेपाली वस्तुहरुको प्रदर्शनी हुंदैछ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by