Jun 07, 2016

यही जेठ १७ गते (मे ३०) देखि जेनेभामा आयोजना भईरहेको अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labor Conference-ILC) को १०५ औं बैठक शत्रमा नेपालको रोजगारदाता प्रतिनिधिको रुपमा भाग लिनुहुंदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले उक्त सम्मेलनको प्लेनरीलाई आज जून ७ तारिखमा संवोधन गर्नुभयो । उपाध्यक्ष गोल्छा महासंघको रोजगारदाता परिषद्को सभापति हुनुहुन्छ ।

स्वीजरल्याण्डको जेनेभामा चालु आइएलसीको उक्त बैठकमा माननीय श्रम मन्त्री दीपक वोहराको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष गोल्छा र ट्रेड युनियन महासंघका पदाधिकारीहरु सहितको नेपाली प्रतिनिधिमण्डलले भाग लिइरहेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनका सदस्य राष्ट्रहरुबाट सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरुको सहभागिता रहेको उक्त बैठकमा संवोधनका क्रममा उपाध्यक्ष गोल्छाले आर्थिक वृद्धि, गरिवी निवारण र रोजगारी सृजना साझा मुद्दा रहेको बिचार व्यक्त गर्नु भयो ।

नेपालको लागि संविधानसभाबाट नयाँ संविधान जारी हुनु ऐतिहासिक उपलब्धी भएको विचार व्यक्त गर्नुहुंदै उपाध्यक्ष गोल्छाले अव नयां संविधानको कार्यान्वयन तथा आर्थिक विकासका लागि उपयुक्त वातावरण तयार गर्न आवश्यक भएको बताउनु भयो । गत वर्षको विनासकारी भुकम्प, तत्पश्चात सिमा क्षेत्रमा उत्पन्न लामो अवरोधका कारण नेपालको आर्थिक वृद्धिदर निकै तल झरेको उल्लेख गर्दै आर्थिक वृद्धि र थप रोजगारि सृजना गर्न निजी क्षेत्र थप क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

श्रम सम्बन्धको विकासका लागि सरकार र ट्रेड युनियनसंग सहकार्य भैरहेको उल्लेख गर्दै उपाध्यक्ष गोल्छाले सामाजिक सुरक्षा विधेयक र श्रम ऐन संशोधन विधेयक संसदमा पेश भैसकेको र उक्त ऐनहरु छिट्टै पारित हुने विश्वास व्यक्त गर्दै सामाजिक सुरक्षा प्रणालीको सुरुवातबाट श्रमिक कामदारको जीवनस्तरमा गुणात्मक सुधारका साथै औद्योगिक शान्ति र उत्पादकत्व वृद्धिमा बल पुग्ने धारणा व्यक्त गर्नुभयो ।

>> उपाध्यक्ष शेखर गोल्छाले दिनु भएको संवोधनको पूर्ण पाठ:

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by