May 27, 2016

 

वीरगंजका उद्योगपति एवं केडिया अर्गनाईजेसनका संचालक सुरेश केडिया यही जेठ १३ गते, विहिबार, सााझ हतियारधारी समूहको अपहरणमा परेको खबरले नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघ यस्ता घटनाको निन्दा एवम् भत्र्सना गर्दछ ।

केहि समय यता अपहरण लगायतका घटनामा केहि कमि आएको होकि भन्ने महशुस भैरहेका बेला घटेको यस घटनाले उद्यमी व्यवसायीलाई पुन: त्रसित बनाएको छ । मुलुुको आर्थिक अवस्था अत्यन्त सिथिल भएको अवस्थामा अर्थतन्त्रलाई गतिशिल वनाउने उद्यमी व्यवसायीहरुनै अपहरणमा पर्न थालेपछि, अर्थतन्त्र कतातिर जाला, नेपालको वारेमा अन्तराष्ट्रिय जगतमा कस्तो संदेश जाला, गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ ।

अत: अपहरित उद्योगपति केडियाको शीघ्र रिहाईका लागि सम्बन्धित पक्ष समक्ष जोडदार माग गर्दै उद्यमी व्यवसायी लगायत आम सर्वसाधारणको सुरक्षित जीवनयापन गर्न पाउने अधिकारको पूर्ण सुरक्षाका लागि महासंघ सरकारसंग आग्रह गर्दछ । महासंघ, केडीयाका निजी चालकको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by