May 25, 2016

 

छिमेकी मुलुक चीनले बन जन्य व्यवसायमा गरेको पछिल्लो प्रगतिका विषयमा अध्ययन गरि नेपालको सन्दर्भमा त्यसको व्यवहारिक कार्यान्वयन गर्ने उद्देश्य सहित नेपाल उद्योग वाणिज्य महासंघको एक प्रतिनिधिमिण्डल यतिखेर चीनको साताव्यापी अध्ययन भ्रमणमा रहेको छ ।

महासंघको कार्यकारिणी समितिका सदस्य एवं वन उद्यम महाशाखाका उपसभापति नरेन्द्र कुमार खड्काको नेतृत्वमा महासंघका सदस्य उद्योग वाणिज्य संघका अध्यक्षहरु सम्मिलित महासंघको प्रतिनिधिमण्डलले त्यांहा रहंदा चीनले वनजन्य व्यवसायमा पछिल्लो पटक गरेको प्रगति, प्रविधिगत विकास, अंगीकार गरेको नीति लगायतका विषयमा सम्बन्धित निकायहरुमा छलफल गर्ने छ ।

त्यहां रहंदा महासंघको प्रतिनिधिमण्डलले International center for Bamboo and Rattan, Bamboo and Rattan Product Exhibition Room and Bamboo and Rattan Science and Technology key Lab, Chaina Association Of Traditional Chinese Medicine लगायतका स्थानहरुको अवलोकन तथा ती सस्ंथाहरुका पदाधिकारीहरुसंग नेपालमा वनजन्य व्यवसायमा महासंघले थालेको प्रयास एवं चीनको अनुभवका विषयमा छलफल गर्नेछ ।

महासंघको प्रतिनिधि मण्डलका सदस्यहरुमा नेपाल हर्बस् एण्ड हर्वल प्रोडक्ट एशोसियसनका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह, पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ, गुल्मी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, चेम्बर अफ कमर्स इनरुवाका अध्यक्ष प्रमोद कुमार आचार्य, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, झापा उद्योग संघका कार्य समिति सदस्य दुर्गा प्रसाद भण्डारी, ह्ण्डमेड पेपर एशोसियसन, उपाध्यक्ष इच्छा बहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक माधव मुल्मी र वरिष्ठ अधिकृत परशुराम नेपाल र पत्रकार मिन कुमार श्रेष्ठ हुनुहुन्छ ।

स्मरणीय छ, नेपाल सरकारको सहयोगमा महासंघले केही जिल्लाहरुमा वनजन्य व्यवसायको शुरुवात गरिसकेको छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by