Jan 06, 2019
रत्ननगरमा आयकर तथा मुल्य अभिबृद्धि कर सम्बन्धी तालिम

मिति २०७५।९। २२ देखि २४ गते सम्म, साना तथा मझौला करदाताहरुलाई तालिमको माध्यमबाट कर सम्वन्धी शिक्षा प्रदान गरी कर कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरु परिपालन गर्न, कर फारामहरु भर्दा हुने त्रुटिहरु कम गर्न तथा कर सहभागितामा व्यवसायीहरुको अभिवृद्धिका लागि आयकर तथा मुल्य अभिबृद्धि कर सम्बन्धी तीन दिने तालिम आइतवार देखि रत्ननगर उद्योग वाणिज्य संघमा सुरु भएको छ । आन्तरिक राजश्व विभाग,नेपाल उद्योग बाणिज्य महासंघको आयोजना तथा रत्ननगर उद्योग बाणिज्य संघको सहआयोजनामा तालिम गरिएको हो । चितवन जिल्लाका उद्योगी, व्यवसायी तथा कम्पनीका कार्यरत लेखापालहरुलाई आयकर तथा मुल्य अभिबृद्धि करको सैदान्तीक तथा आधारभूत जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिनुभयो । व्यवसायी र लेखापाल गरी ५० जनाको सहभागिता रहेको सो तालिममा चार्टड एकाउण्टेनहरु अनुप कुमार श्रेष्ठ र ज्ञानेन्द्र बहादुर भारीले सहजीकरण गरेका छन । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद रिजाल प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी बरिष्ठ अधिकृत सिता घिमिरे, जीआइजेडका प्रमुख षडानन्द गुरुङ, श्रोत व्यक्ति अनुप कुमार श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ३ का कोषाध्यक्ष ज्ञानबहादुर विसुराल, संघका पूर्व अध्यक्ष गोपालराज कर्माचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संघका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्र महासचिव श्री निराजन खनालले संचालन गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by