Dec 12, 2018
निक इलेक्ट्रो टेक २०१८ आयोजना हुने

विद्युत् तथा विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्र्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्र्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको नवौं संस्करण “निक इलेक्ट्रो टेक २०१८” यही पुष ०६ गते देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा आयोजना हुने भएकोे छ ।

उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ यस वर्ष, "आर्थिक समृद्धिको संवाहक-उर्जा" को नारा लिएर निक इलेक्ट्रो टेक २०१८ को आयोजना हुँदैछ । राष्ट्रिय एवं अन्र्तराष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसाय प्रबद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान-प्रदान गर्ने तथा उपभोक्ता वर्गलाई यस सम्बन्धी जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य नवौं संस्करणको रहेको छ ।

निक इलेक्ट्रो टेक २०१८ मा हल भित्र ५१ वटा ब्लकहरु र हल बाहीर २६ वटा स्टलहरु गरि जम्मा ७७ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ्ग, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्र्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ ।
 
इलेक्ट्रो टेकको यस संस्करणमा नेपाल इकरात इन्जिनियरिङ्ग कम्पनी प्रा. लि. (निक) टाइटल् स्पन्सर रहेको छ । यसै गरी प्लाटिनम स्पोन्सरमा महालक्ष्मी वायर एण्ड केवुल प्रा. लि. (महालक्ष्मी केबुल) रहेको छ भने डाइमण्ड स्पोन्सरमा एन.जि. इलेक्ट्रिकल्स प्रा.लि.(इलेक्ट्रा इलेक्ट्रिक) र श्रीराज देवी इन्टरनेशनल प्रा.लि (सिस्का एल.इ.डि.) रहेका छन् । त्यस्तै गोल्ड स्पोन्सरमा स्टारसिड टेक्नोलोजी प्रा. लि.(यूएनआई एक्सर्पट लिड लाइटिङ्ग), यूनिलाईट इन्टरनेशनल प्रा.लि.(यूनिलाईफ सूईच), शुभम इलेक्ट्रीकल्स(मोनोलाईट) र अमिलि पावर एण्ड इनर्जि प्रा.लि.(लेकिसे एल.इ.डि.) रहेका छन् । यसै गरी बैंकिङ्ग पार्टनरमा एन आई सी एशिया बैक लि., अफिसिएल इन्सुरेन्समा सिद्धार्थ इन्स्योरेन्स लि., अफिसिएल कार्गोमा एस के बी कार्गो सर्भिसेस् रहेका छन ।

निक-इलेक्ट्रो टेक २०१८ लाई भव्यता प्रदान गर्न तथा प्रदर्शनी प्रति ऐक्यवद्धता जनाउन सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मश, स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल, नेपाल इन्जिनियर्स एसोसिएशन, नेपाल सौर्य विद्युत उत्पादक संघ, सोसाइटी अफ कन्सल्टीङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्मस, नेपाल लघु जलशक्ति विकास संस्था, सोसाइटी अफ इलेक्ट्रकल इन्जिनियर्स नेपाल, नेपाल विद्युतीय बस्तु उत्पादक संघ, नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एसोसिएशन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टस् लगायत सरोकारवाला संस्थाहरूको सहयोगी संस्थाको रुपमा यस आयोजनामा सहभागिता रहेको छ ।

इलेक्ट्रो टेकको यस नवौं संस्करणमा निक, महालक्ष्मि, इलेक्ट्रा इलेक्ट्रीक, सिस्का, मोनोलाईट, यूनिलाईफ, यूएनआई एक्सर्पट, लेकिसे, स्नाइडर, लेग्रो, एच.पि.एल., सि एण्ड एस, फिलिप्स, हेभल्स, सिमेन्स, एल एण्ड टी, क्रम्टन, उषा, एंकर, ओरियन्ट, राठी लगाएतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको सहभागिता रहने छ । प्रदर्शनीलाई सहभागीमुलक एवं सुचनामुलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तक्र्रिया कार्यक्रमहरू सञ्चालन हुने छन् । पाँच दिनसम्म चल्ने प्रर्दशनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपाल भरका विद्युतीय व्यवसायीहरु, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्व साधारण गरी लगभग १,००,००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वास हामीले लिएका छौं ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by